बुधबार, १४ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : प्रधानमन्त्रीलाई मानवअधिकार आयोगको चेतावनी, रोशनी शाहीको ‘नोट’ मा छोराका लागि सन्देश

सोमबार, १२ जेठ २०८२, २२ : ००
सोमबार, १२ जेठ २०८२

आज २०८२ जेठ १२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा माओवादीमा गंगानारायण नेतृत्वको नेसपा समाहित, ३२ वर्षे उमेरहदले अनेरास्ववियुमा अध्यक्षका ५ दाबेदार ‘आउट’, प्रधानमन्त्रीलाई राष्ट्रिय मानव अधिकार आयोगको चेतावनी, रोशनी शाहीको ‘नोट’मा छोराका लागि सन्देश, भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको कांग्रेसको दाबी, दुर्गा प्रसाईंको बयान सकियो लगायत छन् ।

१. माओवादीमा गंगानारायण नेतृत्वको नेसपा समाहित
गंगानारायण श्रेष्ठको नेतृत्वमा नेसपाका नेता–कार्यकर्ता सोमबार नेकपा माओवादी केन्द्रमा समाहित भएका छन् । राजधानीमा आयोजितक एक कार्यक्रममा पार्टी समायोजन सम्बन्धी ५ बुँदे सहमतिपत्र सार्वजनिक गरिएको हो ।

२. ३२ वर्षे उमेरहदले अनेरास्ववियुमा अध्यक्षका ५ दाबेदार ‘आउट’
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागु भएसँगै अध्यक्षका ५ जना दाबेदार ‘आउट’ भएका छन् । नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेसँगै हालका चार जना उपाध्यक्ष र महासचिव अध्यक्षको दौडबाट आउट भएका हुन् । यसैबिच युवासंघको दशौँ महाधिवेशनमा विभिन्न पदमा निर्विरोध भएका छन् भने निर्विरोध नभएका पदमा निर्वाचन हुँदैछ ।

३. प्रधानमन्त्रीलाई राष्ट्रिय मानवअधिकार आयोगको चेतावनी
राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएको छ । ओलीले गणतन्त्र दिवसका दिन काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति आयोगले असन्तुष्टि जनाएको हो ।

४. रोशनी शाहीको ‘नोट’मा छोराका लागि सन्देश 
आइतबार भक्तपुरको सूर्यविनायकमा मृत फेला परेकी रोशनी शाहीले लेखेको सुसाइड नोट प्रहरीले फेला पारेको छ । नोटमा उनले छोराका लागि सन्देश लेखेको प्रहरी स्रोतले जनाएको छ ।

५. भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको कांग्रेसको दाबी
नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखक अनियमिततामा संलग्न नरहेको निष्कर्ष निकालेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने गृहमन्त्री लेखकको राजीनामा मागेको छ । अर्को विपक्षी दल रास्वपाले समेत गृहमन्त्रीलाई कांग्रेसले ‘क्लिन चिट’ दिन नमिल्ने बताएको छ ।

६. गणतन्त्र उत्सव मनाउन एमालेका शीर्ष नेताको जिम्मेवारी बाँडफाँट
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गणतन्त्र दिवसका अवसरमा आयोजना गर्ने उत्सवलाई सफल पार्न पार्टीका शीर्ष नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जनसङ्गठनका अध्यक्ष, इन्चार्ज र काठमाडौँ उपत्यकाका वडा तहसम्मका पदाधिकारीको भेलाले उत्सवसँगै शक्ति परिचालन गर्न नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको हो । जततउकस्ररधधध।

७. दश दिनपछि उपस्थित हुने गरी सहसचिव भट्टराई तारेखमा
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० दिनको ‘तारेख’ दिएको छ । उनलाई १० दिनपछि आउन भनेर तारेखमा राखिएको आयोगका एक जना उच्च अधिकृतले बताए ।

८. दुर्गा प्रसाईंको बयान सकियो
तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईंको बयान सकिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईंको बयान लिइएको हो ।

९. प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राजावादीको आपत्ति
राजावादी समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्तिजनक र उत्तेजक अभिव्यक्ति दिएको आरोप लगाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ओलीका अभिव्यक्तिलाई गैरजिम्मेवार र संविधान तथा लोकतन्त्रको मर्म विपरीत रहेको बताएका छन् । 

१०. स्थायित्वको खोजीमा पोखराका प्याराग्लाइडिङ 
पर्यटकीय नगरी पोखरा प्राकृतिक सुन्दरताका साथै साहसिक खेलका लागि समेत प्रख्यात छ । पछिल्लो समय प्याराग्लाइडिङ व्यवसाय स्थायित्वको खोजीमा छ । सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङलाई विमानस्थलका कारण अन्यत्र सारिएपछि व्यवसाय नै संकटमा परेको व्यवसायी बताउँछन् । यद्यपि, अहिले नयाँ विकल्पका साथ यो व्यवसाय फेरि जुर्मुराउन थाल्दैछ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप