गंगानारायण श्रेष्ठ नेतृत्वको नेसपा माओवादीमा समाहित, ५ बुँदे सहमतिमा के छ ?
सारांश
- नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र) मा समाहित भयो।
- पार्टी समायोजनसम्बन्धी ५ बुँदे सहमतिपत्र सार्वजनिक गरियो, जसमा मार्क्सवाद-लेनिनवाद र माओवादलाई मार्गनिर्देशक सिद्धान्त मानिनेछ।
- गंगानारायण श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रीय सचिव बनाइयो, र अन्य सदस्यहरूलाई पनि जिम्मेवारी दिइनेछ।
काठमाडौं । गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी समायोजनसम्बन्धी ५ बुँदे सहमतिपत्र सार्वजनिक गरिएको छ ।
समझदारीपत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाको तर्फबाट श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार श्रेष्ठलाई केन्द्रीय सचिव बनाइएको छ। नेसपाका अन्य सदस्यहरूलाई पनि संगठनभित्र सम्मानजनक जिम्मेवारी दिइने बताइएको छ।
- पाँच बुँदे सहमतिमा के छ ?
मार्गदर्शक सिद्धान्त
समायोजित पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओवाद हुनेछ। यसैलाई विचारधारात्मक मेरुदण्ड मानिनेछ।
राजनीतिक कार्यक्रम
पार्टीको कार्यक्रम नेपाली विशेषता अनुसारको समाजवादी क्रान्तिको कार्यक्रम हुनेछ। राष्ट्रिय सन्दर्भ र जनभावनालाई आधार बनाएर कार्यक्रम अघि बढाइने उल्लेख छ।
आन्दोलनको स्वरूप
समाजवादी क्रान्तिका लागि सडक, सदन र सरकार सबै क्षेत्रका आन्दोलनको प्रयोग गरिनेछ। तत्कालीन कार्यनीतिक विषयमा भने पार्टीभित्र छलफल र आपसी सहमतिका आधारमा निर्णय गरिने व्यवस्था गरिएको छ।
संगठन सञ्चालनको सिद्धान्त
पार्टीमा विचारको स्वतन्त्रता र कार्यान्वयनमा एकरूपता रहने जनवादी केन्द्रियताका सिद्धान्तलाई मान्यता दिइनेछ। साथै, केही वैचारिक विषयमा महाधिवेशनसम्म छलफल गर्न सकिने व्यवस्था गरिएको छ।
संगठनात्मक समायोजन
गंगानारायण श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रीय सचिव बनाइइएको छ भने समायोजन भएका अरुहरूलाई संगठनमा उचित जिम्मेवारीसहित समावेश गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण