झापामा खैरो हेरोइनसहित ४ जना पक्राउ
सोमबार, १२ जेठ २०८२, २२ : ००
सारांश
- दमक प्रहरीले लागुऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा अजय राई, रोहित गौतम, राजु सुनुवार र भगवान किन्डो उराव रहेका छन्।
- प्रहरीले उनीहरूलाई दमक-९ को नौघरे टोलबाट पक्राउ गरेको हो, जहाँ लागुऔषध किनबेच भइरहेको थियो।
भद्रपुर । प्रहरीले यहाँको दमकबाट लागुऔषध खैरो हेरोइनसहित चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई दमक नगरपालिका–९ चिया बगानको नौघरे टोलबाट आज पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुुसार पक्राउ पर्नेमा दमक–९ अजय राई, रोहित गौतम, राजु सुनुवार र भगवान किन्डो उराव रहेका छन् ।
भगवान किन्डो उरावको घरमा मानिसहरु भेला भई लागु औषध खरिद बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा दमकबाट खटिएको प्रहरी टोलीले अजय राईको साथबाट ४.८८ ग्राम लागुऔषध खैरो हेरोइन फेला पारेको प्रनाउ खड्काले बताए ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एमबाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण