रियलमा नयाँ युगको सुरुवात भएको ओलोन्सोको घोषणा
सारांश
- ज्याभी आलोन्सोले रियल मड्रिडको नयाँ प्रशिक्षकको रूपमा कार्यभार सम्हालेका छन् र नयाँ युगको सुरुवात भएको घोषणा गरे।
- आलोन्सोले कार्लो एन्चेलोटीको स्थान लिएका हुन्, जसले ब्राजिलको राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्नेछन्।
- आलोन्सोले बायेर लेभरकुसेनसँग लिग र कप जितेपछि ११ वर्षपछि मड्रिड फर्किने निर्णय लिएका हुन्।
मड्रिड । ज्याभी आलोन्सोले रियल मड्रिडको नयाँ युगको सुरुवात भएको घोषणा गरेका छन्। नयाँ प्रशिक्षकको रूपमा औपचारिक रूपमा सार्वजनिक गरिँदा उनले सो कुरा बताएका हुन् ।
४३ वर्षीय आलोन्सोलाई आइतबार तीन वर्षे सम्झौतासहित आफ्नो पूर्व क्लब रियल मड्रिडको प्रशिक्षकमा नियुक्त गरिएको हो। उनले कार्लो एन्चेलोटीको स्थान लिएका छन्, जो अब ब्राजिलको पुरुष राष्ट्रिय टोलीको प्रशिक्षक बन्न लागेका छन्।
गत सिजन रियल मड्रिडका लागि निराशाजनक रह्यो । क्लबले ला लिगा उपाधिसहित कोपा डेल रे र स्पेनिस सुपरकोपा दुवैको फाइनलमा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग हार बेहोऱ्यो । त्यस्तै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आर्सनलसँग पराजित भयो।
तर सोमबार मड्रिडको भाल्देबेबास प्रशिक्षण केन्द्रमा भएको कार्यक्रममा आलोन्सोले भने, यो एक युगको सुरुवात हो। रियल मड्रिडका समर्थकहरू यो नयाँ युग सुरु हुनेमा उत्साहित छन्, क्लबको इतिहासलाई अझ महान् बनाउन र अघि बढ्न चाहन्छन्। यो एक विशेष दिन हो। यो दिन मैले जीवनभरको लागि आफ्नो पात्रोमा चिनो लगाएको छु। म यहाँ आउन पाउँदा अत्यन्तै खुसी छु, जहाँ म आफूलाई घरजस्तै महसुस गर्छु।’
बायर लेभरकुसेनसँग सन् २०२३-२४ मा लिग र कप दुवै उपाधि जितेका आलोन्सोले आफू ११ वर्षपछि खेलाडीका रूपमा क्लब छोडेपछि मड्रिड फर्किन गरेको निर्णयबारे पनि स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण