पालिकाद्वारा किसानलाई अनुदानमा धानको बीउ वितरण

खजुरा,बाँके । डुडुवा गाउँपालिकाले किसानहरुलाई धानको बीउ वितरण थालेको छ । यो वर्षदेखि पालिका आफैँले बीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो ।
समूह र सहकारी गरी जम्मा १४ वटा सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको बीउ बिक्री गरिएको पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताए । उनका अनुसार एक सय २० क्वीन्टल उन्नत जातको र ८० क्वीन्टल मूल बीउ किसानलाई सहकारी समूहमार्फत किसानलाई अनुदानमा वितरण गरिएको हो ।
८० क्विन्टल मूल वीउलाई किसानले लगाएपछि पालिकाले समय–समयमा प्राविधिकबाट परीक्षण गराई उत्पादनका आधारमा थप मूल बीउ किसानसँग पालिकाले खरिद गरी प्रशोधन तथा भण्डारण गर्ने कृषि शाखा प्रमुख शर्माले बताए । धान खेतीका लागि २५ सय ८० हेक्टर क्षेत्रफल रहेको डुडुवामा यो वर्षको बीउले १४ सय हेक्टर क्षेत्रफललाई मात्र पुग्नेछ ।
यो वर्षदेखि वीउ भण्डारण शुरु गरेको डुडुवाले विस्तारै बीउ उत्पादनमा वृद्धि गरिने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । पहिलो पटक धानको बीउ तयार गरेको पालिकाले यसवर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ ।
करिब दुई सय क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएइकाले किसानका मागका आधारमा थप वृद्धि गर्दै जाने कृषि शाखा प्रमुख शर्माले बताए । उनले अहिले गहुँ बालीको प्राविधिकमार्फत ल्याब परीक्षण गर्ने कार्य भईरहेको बताए । किसानलाई पालिकाले आफैँले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्नेलगायत सुविधा भएको छ ।
डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेकाले पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पुर्याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको अध्यक्ष चौधरीले बताए । उनले बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताए ।
डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित सात सय मेट्रिकटन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा
-
गणतन्त्र हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ : प्रधानमन्त्री ओली
-
इन्काउन्टरमा मारिए लरेन्स बिश्नोई गिरोहका शार्प शूटर
-
ललितपुरमा बंगालादेशी नागरिकलाई बन्धक बनाएको आरोपमा ५ भारतीय पक्राउ
-
एमालेको ‘गणतन्त्र उत्सव’ र्याली, कहाँबाट हुन्छ सुरु ?
-
गणतन्त्र दिवसको दिन पक्ष–विपक्षमा प्रदर्शन