गणतन्त्र हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ : प्रधानमन्त्री ओली

समाचार सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र आर्जन गरिएको बताए। उनले हजारौँको बलिदानबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गरे।
- प्रधानमन्त्रीले निरङ्कुशतावादीहरूले पारदर्शितालाई फोहोर देखाउन खोजेको आरोप लगाए र गणतन्त्रमा सार्वजनिक निगरानीको महत्वबारे बोले।
- ओलीले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै मुलुकलाई प्रगतिको बाटोमा लैजानुपर्ने र भ्रष्टाचार लोकतान्त्रिक प्रणालीबाटै समाधान गर्नुपर्ने बताए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र प्राप्त गरेको नभई आर्जन गरेको बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिले काठमाडौँको टुँडिखेलमा गणतन्त्र दिवस २०८२ का अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लामो सघर्ष, हजारौँ दिदीबहिनी दाजुभाइहरूको बलिदान र नेपाली जनताको अथक मेहनतबाट २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको स्मरण गरे ।
‘गणतन्त्र– हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ– हजारौँ जनताको बलिदानबाट र त्यागबाट’, प्रधानमन्त्रीले भने, ‘मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ ।’
प्रधानमन्त्री ओलीले हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण दिवसको मूल्य कहिल्यै बिर्सनु नहुने र नबिर्सने बताए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सार्वजनिक सञ्चार प्रणालीको प्रतिबन्धका कारण निरङ्कुशतन्त्र गुपचुप हुने अपराध र भ्रष्टाचारउपर गणतन्त्रमा सार्वजनिक निगरानी र सार्वजनिक सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाइदिएको भन्दै यसको लाभ लिएर निरंकुशतावादीहरुले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीताकलाई फोहोर साबित गर्ने दुष्प्रयास गरिरहेको बताएका छन् ।
‘आजको दिनले हामीलाई विगतको सङ्घर्ष, जनआन्दोलनसँगै तय गरेको गन्तव्य, सँगै हिँडेको यात्रा र हासिल गरेका साझा उपलब्धिलाई सम्झाउँछ’, प्रधानमन्त्रीले भनेका छन्,‘हिजोको गरिबी, हिजोको असमानता, हिजोको अविकास र हिजोको पछौटेपनबाट हामी निकै अगाडि बढिसकेका छौँ । देशमा निरङ्कुश राजतन्त्र र गणतन्त्र कालका विकास सूचकाङ्कहरुको तुलनात्मक अध्ययन गर्न म हाम्रो नवोदित युवा समाजलाई आग्रह गर्दछु ।’
उनले लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत, अनुशासित र अझ सुदृढ बनाएर हामी मुलुकलाई प्रगतिको बाटोमा लैजान सकिने बताए ।
‘निरंकुशतन्त्र र गणतन्त्र– कुन उत्तम हो भन्ने हाम्रो समाजको बहसको विषय होइन । राज्यका अङ्ग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका हामी सबैको आचरण र व्यवहारमा अझै सुधार गर्नु पर्ने धेरै कुरा हुन सक्छन्’, प्रधानमन्त्रीले भने, ‘गरिबी, बेरोजगारी, भ्रष्टाचार– राष्ट्रका यी चुनौती हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर होइन, लोकतान्त्रिक प्रणालीमा चुनाव मार्फत इमानदार राजनीतिक शक्ति छनौट गरेर मात्र सामना गर्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर
-
राष्ट्रिय युवा उद्यमी सञ्जालकाे अध्यक्षमा सुशील पराजुली चयन
-
‘जातीय भेदभावका कारण वर्षेनी ६ खर्ब रुपियाँ बराबर नोक्सान’
-
पनौतीलाई ‘विश्व सम्पदा’ मा सूचीकृत गराउन पहल
-
आकस्मिक घटना व्यवस्थापनको दक्षता बढाउन कृतिम अभ्यास
-
गुजरातलाई हराउँदै दोस्रो क्वालिफायरमा मुम्बईको मार्च