कपिलको सहरा बन्दै सलमान
मुम्बई । कमेडियन कपिल शर्मा यति बेला खराब दौरबाट गुज्रिरहेका छन् ।
तर, हालै मात्र कपिलले एक माइक्रोब्लगिङ साइटबाट खुलासा गरेका छन् कि उनी पहिलेको भन्दा राम्रो र धमाकेदार पुनरागमन गर्न लागिरहेका छन् ।
रिपोर्टका अनुसार सोहेल खानद्वारा निर्देशित प्रोजेक्टमा कपिल सलमानसँग देखिनसक्नेछन् ।
एक कमेडी शोमा निर्णायकको भूमिकामा रहँदा सोहेलले कपिलसँग ‘शेर खान’ चलचित्रमा कपिललाई सलमानसँग कास्ट गर्ने वाचा गरेका थिए । सलमानको चलचित्र शेर खानलाई उनको भाई सोहेलले निर्माण गर्दैछन् । यो चलचत्रिको चर्चा लामो समयदेखि भए पनि यो प्रोजेक्ट बीचमा नै रोकिएको थियो
।
तर, अहिले फेरि यो प्रोजेक्टलाई फेरि शुरु गर्ने तयारी हुँदैछ ।
सबैलाई हसाउने कपिल शर्मा यतिबेला लाइमलाइटबाट टाढा छन् । सोनी टिभीको शो फ्यामिली टाइम विद कपिल शर्माले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सकेन ।
यसबीच उनको टेप काण्ड सार्वजनिक भएपछि उनको शो बन्द गरियो ।
कपिलले कमेडी शोबाहेक ‘किस किसको प्यार करुँ,’ फिरंगी र एबिसिडी २ मा काम गरेका छन् ।
यता, सलमान आफ्नो चलचित्र रेस ३ को प्रोमोसनमा व्यवस्त छन् । यसबाहेक उनले भारत, दबङ ३, किक २ र शेर खानमा काम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण