एसी मिलानद्वारा छ महिनामै म्यानेजर बर्खास्त

समाचार सारांश
- एसी मिलानले म्यानेजर सर्जियो कोंसेसाओलाई ६ महिनामै बर्खास्त गरेको छ।
- कोंसेसाओले इटालियन सुपर कप जिते पनि कोप्पा इटालियाको फाइनलमा हार बेहोरे।
- क्लब लिगमा आठौं स्थानमा सीमित भएपछि युरोपेली फुटबलमा स्थान बनाउन असफल भयो।
मिलान । सिरिए क्लब एसी मिलानले म्यानेजर सर्जियो कोंसेसाओलाई मात्र छ महिनामै बर्खास्त गरेको छ। पाउलो फोन्सेकालाई हटाइएपछि ५० वर्षीय कोंसेसाओले गत डिसेम्बरमा १८ महिनाको सम्झौतासहित म्यानेजरको जिम्मा पाएका थिए।
उनले पोर्टोमा छ वर्षको कार्यकालमा ११ उपाधि जितेका थिए र मिलानमा जिम्मेवारी सम्हालेको एक सातामै इटालियन सुपर कप जितेका थिए। तर, मिलानले कोप्पा इटालियाको फाइनल बोलोग्नासँग हार्यो र लिगमा राम्रो प्रदर्शन गर्न सकेन।
कोंसेसाओको प्रशिक्षणमा क्लब आठौँ स्थानमा सीमित भयो । यसले गर्दा क्लबले आगामी सिजन युरोपेली फुटबलमा स्थान पाएन । प्रतिद्वन्द्वी इन्टरले भने यस सप्ताह पेरिस सेन्ट-जर्मेनसँग च्याम्पियन्स लिग फाइनल खेल्दैछ।
कोंसेसाओको स्थानमा पूर्व म्यानेजर मासिमिलियानो एलेग्री फेरि फर्किन सक्ने चर्चा भइरहेको छ। उनले सन् २०१० देखि २०१४ सम्म सान सिरोमा चार वर्ष बिताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के कोरोनाको महामारी फेरि फर्कन सक्छ ?
-
शनिबारको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कोशी प्रदेशमा मनसुनको प्रभाव, अन्य प्रदेशको मौसम कस्तो रहला ?
-
बुलबुल तालमा मोटरबोट सञ्चालन भएपछि...
-
आधा विश्वले जलवायु परिवर्तनका कारण अतिरिक्त गर्मीको सामना गर्योः अध्ययन