एसी मिलानद्वारा छ महिनामै म्यानेजर बर्खास्त
सारांश
- एसी मिलानले म्यानेजर सर्जियो कोंसेसाओलाई ६ महिनामै बर्खास्त गरेको छ।
- कोंसेसाओले इटालियन सुपर कप जिते पनि कोप्पा इटालियाको फाइनलमा हार बेहोरे।
- क्लब लिगमा आठौं स्थानमा सीमित भएपछि युरोपेली फुटबलमा स्थान बनाउन असफल भयो।
मिलान । सिरिए क्लब एसी मिलानले म्यानेजर सर्जियो कोंसेसाओलाई मात्र छ महिनामै बर्खास्त गरेको छ। पाउलो फोन्सेकालाई हटाइएपछि ५० वर्षीय कोंसेसाओले गत डिसेम्बरमा १८ महिनाको सम्झौतासहित म्यानेजरको जिम्मा पाएका थिए।
उनले पोर्टोमा छ वर्षको कार्यकालमा ११ उपाधि जितेका थिए र मिलानमा जिम्मेवारी सम्हालेको एक सातामै इटालियन सुपर कप जितेका थिए। तर, मिलानले कोप्पा इटालियाको फाइनल बोलोग्नासँग हार्यो र लिगमा राम्रो प्रदर्शन गर्न सकेन।
कोंसेसाओको प्रशिक्षणमा क्लब आठौँ स्थानमा सीमित भयो । यसले गर्दा क्लबले आगामी सिजन युरोपेली फुटबलमा स्थान पाएन । प्रतिद्वन्द्वी इन्टरले भने यस सप्ताह पेरिस सेन्ट-जर्मेनसँग च्याम्पियन्स लिग फाइनल खेल्दैछ।
कोंसेसाओको स्थानमा पूर्व म्यानेजर मासिमिलियानो एलेग्री फेरि फर्किन सक्ने चर्चा भइरहेको छ। उनले सन् २०१० देखि २०१४ सम्म सान सिरोमा चार वर्ष बिताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण