लगातार चौथो वर्ष रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब

समाचार सारांश
- रियल मड्रिड लगातार चौथो वर्ष विश्वको सबैभन्दा मूल्यवान फुटबल क्लब बनेको छ, जसको मूल्य ६.७५ अर्ब डलर रहेको छ।
- रियल मड्रिडले एकै सिजनमा १ अर्ब डलरभन्दा बढी आम्दानी गर्ने पहिलो फुटबल क्लबको कीर्तिमान बनाएको छ, २०२३-२४ मा १.१३ अर्ब डलर कमाएको छ।
- म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा रहेको छ भने बार्सिलोना तेस्रो स्थानमा छन्। शीर्ष १० मा ६ प्रिमियर लिग क्लबहरू समावेश छन्।
काठमाडौँ । ला लिगा क्लब रियल मड्रिड लगातार चौथो वर्ष विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब घोषित भएको छ। फोर्ब्स पत्रिकाका अनुसार, क्लबको मूल्यांकन ६.७५ अर्ब अमेरिकी डलर पुगेको हो।
फोर्ब्सको शुक्रबार प्रकाशित रिपोर्टअनुसार, रियल मड्रिड पहिलो फुटबल क्लब बनेको छ जसले एउटै सिजनमा १ अर्ब डलरभन्दा बढी आम्दानी संकलन गरेको छ। सन् २०२३–२४ सिजनमा क्लबले रेकर्ड १.१३ अर्ब डलर आम्दानी गरेको हो।
यसअघि एनएफएल क्लब डलास काउबोयज मात्र यस्तो क्लब थियो जसले यो १० अंक (बिलियन डलर) को सीमा पार गरेको थियो।
इंग्ल्याण्डको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा परेको छ, जसको मूल्यांकन ६.६ अर्ब डलर गरिएको छ। सन् २०२३–२४ को सिजनमा क्लबले ८३४ मिलियन डलर राजस्व कमाएको थियो । यद्यपि उनीहरूको प्रिमियर लिग अभियान खासै सम्झनलायक रहेन र उनीहरू आठौँ स्थानमा मात्र सीमित भए।
रियल मड्रिडको ला लिगा प्रतिद्वन्द्वी एफसी बार्सिलोना तेस्रो स्थानमा छ, जसको मूल्यांकन ५.६५ अर्ब डलर गरिएको छ। त्यसपछि लिभरपुल र म्यानचेस्टर सिटी क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।
फोर्ब्सले विश्वका १० सबैभन्दा मूल्यवान् फुटबल क्लबको सूचीमा ६ प्रिमियर लिग क्लबहरूलाई समावेश गरेको छ। अर्सनल, टोटनहम हट्सपर र चेल्सी पनि यो सूचीमा छन् । यीबाहेक बायर्न म्युनिख र पेरिस सेन्ट-जर्मेन (पीएसजी) शीर्ष १० मा अटाएका छन् ।
फोर्ब्सले भनेको छ, ‘सामूहिक रूपमा, सबैभन्दा मूल्यवान् ३० वटा फुटबल क्लबहरूको कुल मूल्य ७२ अर्ब डलरभन्दा बढी पुगेको छ, जुन प्रति क्लबको औसत मूल्य २.४ अर्ब डलर हुन्छ — यो अघिल्लो वर्ष २०२४ को २.२६ अर्ब डलरको तुलनामा ५% वृद्धि हो।”
यस्ता छन् शीर्ष १० क्लब
१. रियल मड्रिड - ६.७५ अर्ब अमेरिकी डलर
२. म्यानचेस्टर युनाइटेड - ६.६ अर्ब अमेरिकी डलर
३. बार्सिलोना - ५.६५ अर्ब अमेरिकी डलर
४. लिभरपुल - ५.४ अर्ब अमेरिकी डलर
५. म्यानचेस्टर सिटी - ५.३ अर्ब अमेरिकी डलर
६. बायर्न म्युनिख - ५.१ अर्ब अमेरिकी डलर
७. पीएसजी - ४.६ अर्ब अमेरिकी डलर
८. आर्सनल - ३.४ अर्ब अमेरिकी डलर
९. टोटनह्याम हटस्पर्स - ३.३ अर्ब अमेरिकी डलर
१०. चेल्सी - ३.२५ अर्ब अमेरिकी डलर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा एक कामदारको मृत्यु
-
मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने
-
सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा सम्बन्धी विधेयक बहुमतबाट पारित
-
बैंकर र व्यवसायी छुट्याएरै छाड्ने राष्ट्र बैंकको अडान
-
एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड, भाजपाको नक्कल गरेको आरोप | KP OLI | Narendra Modi
-
‘मिस एन्ड मिस्टर रोयल ग्लोबल क्विन नेपाल २०२५’मा छानिए ४ विजेता