जापानमा ‘नेपाल फेशन एन्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड’ सम्पन्न
सारांश
- टोकियोमा 'नेपाल फेशन एन्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड' को चौथो संस्करण आयोजना भयो।
- कार्यक्रममा फेसन, मनोरञ्जन र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो, जसमा डेढ दर्जनले अवार्ड जिते।
- एन.आर.एन.ए.जपानका अध्यक्ष नवीन न्युरे र नेप्लिज विजनेश एसोसिएसन जापानका अध्यक्ष बिजेश थकाली विशेष अतिथि थिए।
टोकियो । ‘नेपाल फेशन एन्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड’को चौथो संस्करण जापानको राजधानी टोकियोमा आयोजना भएको छ । हिमालयन मुभिज प्रोडक्सन हाउस काठमाडौँको आयोजना रहेको अवार्डमा फेसन, मनोरञ्जन एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । जसमा करिब डेढ दर्जन व्यक्तित्वले अवार्ड थापेका छन् ।
एन.आर.एन.ए.जपानका अध्यक्ष नवीन न्युरेको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेप्लिज विजनेश एसोसिएसन जापानका अध्यक्ष बिजेश थकालीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा व्यवसायी मनिस मगर एवं सुरेन्द्र खड्का पनि सहभागी थिए ।
फेसनमय वातावरणमा आयोजित कार्यक्रमको कोरियोग्राफि फेसन कोरियोग्राफर एवं हिमालयन मुभिजकी सीईओ हिमानी सुब्बाले गरेकी थिइन् भने सम्पूर्ण कार्यक्रम सम्प्रेषण जापानकै फोटोग्राफर गणेश थापामगरले गरेका थिए ।
अवार्ड कार्यक्रममा विशेष सम्मान अवार्ड स्वरूप एनआरएनए जापान अध्यक्ष नवीन न्युरेलाई वेस्ट नेप्लिज सोसियल क्याम्पेनर, नेप्लिज बिजनेश एसोसिएसन जापानका अध्यक्ष बिजेश थकालीलाई वेस्ट सोसियल वेलफेयर एयाक्टिभिस्ट, व्यवसायी मनिस मगरलाई वेस्ट नेप्लिज फरेन आन्टरप्रेनियर तथा फोटोग्राफर गणेश थापा मगरलाई वेस्ट नेप्लिज फरेन फोटोग्राफरको अवार्ड प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण