बिमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्धको रिटमाथि सुनुवाइ हुँदै
सोमबार, १९ जेठ २०८२, १३ : ०२

समाचार सारांश
- नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ।
- सर्वोच्च अदालतले ओझाको नियुक्तिविरुद्ध कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो।
- अधिवक्ता इन्दिरा धमलाले ओझाको नियुक्ति बदरको माग गर्दै रिट दायर गरेकी थिइन्, जसमा योग्यता नपुगेको व्यक्तिलाई अध्यक्षमा नियुक्त गरिएको आरोप छ।
काठमाडौँ । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको नियुक्तिविरुद्धको रिटमाथि अन्तरिम आदेशका लागि आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा ओझाको नियुक्तिविरुद्धको रिटको पेसी तोकिएको हो ।
यसअघि सर्वोच्चले ओझाको नियुक्तिविरुद्ध कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । चैत १७ गते अधिवक्ता इन्दिरा धमलाले ओझाको नियुक्तिविरुद्ध रिट दायर गरेकी थिइन् ।
प्राधिकरण अध्यक्षका लागि तोकिएको योग्यता नभएको व्यक्तिलाई अध्यक्षमा नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग रिटमा गरिएको छ । सरकारले फागुन १२ गते ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुवाछूत प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक : पूर्वप्रधानमन्त्री नेपाल
-
मोरङको कानेपोखरीमा राजनीतिक संरक्षणमा व्यापक अवैध उत्खनन
-
जातीय विभेद सामाजिक तथा मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति
-
छुवाछूत उन्मूलन गर्न सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता छः उपराष्ट्रपति यादव
-
छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्छः अध्यक्ष दाहाल
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची