बिमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्धको रिटमाथि सुनुवाइ हुँदै
सोमबार, १९ जेठ २०८२, १३ : ०२
सारांश
- नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ।
- सर्वोच्च अदालतले ओझाको नियुक्तिविरुद्ध कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो।
- अधिवक्ता इन्दिरा धमलाले ओझाको नियुक्ति बदरको माग गर्दै रिट दायर गरेकी थिइन्, जसमा योग्यता नपुगेको व्यक्तिलाई अध्यक्षमा नियुक्त गरिएको आरोप छ।
काठमाडौँ । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको नियुक्तिविरुद्धको रिटमाथि अन्तरिम आदेशका लागि आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा ओझाको नियुक्तिविरुद्धको रिटको पेसी तोकिएको हो ।
यसअघि सर्वोच्चले ओझाको नियुक्तिविरुद्ध कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । चैत १७ गते अधिवक्ता इन्दिरा धमलाले ओझाको नियुक्तिविरुद्ध रिट दायर गरेकी थिइन् ।
प्राधिकरण अध्यक्षका लागि तोकिएको योग्यता नभएको व्यक्तिलाई अध्यक्षमा नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग रिटमा गरिएको छ । सरकारले फागुन १२ गते ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण