फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
गण्डकी। पोखरा पर्यटन परिषद्ले फेवातालको सीमाङ्कनका नाममा दीर्घकालीन योजनाबिना नै पोल गाड्न थालिएको भन्दै ध्यानाकर्षण गराएको छ । परिषद्ले आज पत्रकार सम्मेलन गर्दै फेवातालको सीमाङ्कन भन्दै बिना योजना पोल गाड्न थालेकामा विरोध गरेको हो ।
परिषद्ले बिना योजना ६५ मिटर मापदण्ड लगाउँदा पर्यटन केन्द्र लेकसाइड मासिने खतरा रहेको भन्दै लेकसाइड मासेर पोखरा पर्यटनको राजधानी नबन्ने जनाएको छ ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न बनेको सहजीकरण समितिले शनिबारदेखि फेवातालको साँधमा भौतिक पोल गाड्न सुरु गरेपछि स्थानीयवासीले त्यसको विरोध गरेका परिषद् अध्यक्ष तारानाथ पहारीले बताए ।
राज्यले जग्गाको सीमाङ्कन गर्दा जग्गाधनीसँग सहमति लिनुपर्ने बताउँदै उनले सहमति तथा उचित मुआब्जाबिना कसैलाई विस्थापित गर्न नमिल्ने बताए । मुआब्जा दिन नसकिए ६५ मिटरको साटो ३० मिटर मापदण्ड लगाउनु उचित हुने पहारीको भनाइ छ ।
परिषद्का पूर्वअध्यक्ष सूर्य भुजेलले छ महिनाभित्रमा फेवाताल संरक्षणको काम सक्न भनेर सर्वोच्च अदालतको आदेश आएको दुई वर्षपछि मानहानीको गालबाट बच्न पोल गाडिएको बताए । वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले स्थानीयसँग छलफल नै नगरी सीमाङ्कन गर्न खोज्न गलत हुने धारणा राखे।
परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले पर्यटनको जग लेकसाइड मासेर पर्यटकीय राजधानी बनाउने सपना नदेख्न आग्रह गरे। पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले स्थानीयको सहमतिमा फेवातालको सीमाङ्कन हुनुपर्नेमा जोड दिए।
चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, परिषद्का महासचिव जीवनराज सापकोटा लगायतले स्थानीयवासीको सहमतिमा सीमाङ्कनको विषय टुङ्ग्याउनुपर्ने आवश्यकता औँल्याए।
सन् १९५० को माउन्टेन टुरिजम हुँदै १९६० को हिप्पी टुरिजमदेखि सुरु भएको पर्यटन क्षेत्रको लगानी ड्याम साइड गौरीघाट हुँदै हाल लेकसाइडको मुख्य क्षेत्र बाराही चोक, हल्लनचोक, खहरे हुँदै खपौदीसम्म होटल, रेष्टुराँ, गेष्ट हाउस तथा ट्राभल्स ट्रेकिङ आदिमा अर्बौँ लगानी भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण