बलिउडमा सलमानका पाँच ‘दुश्मन’
मुम्बई । सलमानको चलचित्र ‘रेस ३’ शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ । सलमानको मल्टिस्टारर चलचित्र ताबडतोड एक्शनले भरिएको छ ।
यस फिल्मबाट बबी देवलले बलिउडमा कमब्याक गरिरहेका छन् । बबीले यो चलचित्र सलमानकै कारण आफूले पाएको स्वीकार गरिसकेका छन् । सलमानको बारेमा भन्ने गरिन्छ, उनी ‘साथीको साथी र दुश्मनको दुश्मन’ हुन् ।
बबीको करियरलाई उकास्न सहयोग गरिरहेका सलमानको बलिउडमा यस्ता व्यक्तिहरु पनि जसलाई उनी एक रक्ति पनि मनपराउँदैनन् ।
१. विवेक ओबराय
सलमान खान र विवेक ओबरायको दुश्मनी निकै पुरानो हो । दुईबीच झगडा त्यतिबेला शुरु भएको थियो जब सलमानसँग ब्रेकअपपछि ऐश्वर्या विवेकको नजिक आएकी थिइन् । यद्यपि, पछि विवेकलाई ‘इम्याच्योर’ बताउँदै अभिषेक बच्चनसँग विवाह गरिन् ।
सलमान र ऐश्वर्याको अफयेर सन् १९९९ मा आएको चलचित्र ‘हम दिल दे चुके सनम’ बाट शुरु भएको थियो र सन् २००१ सम्म चल्यो ।

तर, सलमानको हिंस्रक व्यवहारका कारण ऐश्वर्याले उनीसँग दुरी बनाइन् र विवेकसँग नजिक भइन् । ‘क्यूँ हो गया ना’ चलचित्रको दौरान उनीहरु एकअर्कासँग नजिक आएका थिए ।
भनिन्छ, ऐश्वर्याको ३० औँ जन्मदिनमा विवेकले उनलाई ३० उपहार दिएका थिए । यता, विवेकसँगको सम्बन्ध सलमानलाई मन परिरहेको थिएन ।
एक दिन नशाको हालतमा सलमानले विवेकलाई फोन गरेर मार्ने धम्की दिए । सन् २००३ मा विवेकले प्रेस वक्तव्यमार्फत ऐश्वर्याको विषयलाई लिएर सलमानले आफूलाई ज्यान मार्ने धम्की दिएको जानकारी दिएका थिए । सलमानले रातभर ४१ पटक फोन गरेर धम्की दिएको उनले बताएका थिए ।
२. अरिजीत सिंह
गायक अरिजीत सिंह सलमान खानको दुश्मनको सूचीमा सामेल छन् । दुईबीच एक अवार्ड कार्यक्रमका दौरान विवाद शुरु भएको थियो ।
सन् २०१४ को गिल्ड अवार्डमा अरिजीतलाई उत्कृष्ट गायकको उपाधि प्राप्त भएको थियो । यस कार्यक्रमको होस्ट सलमान थिए । जब अरिजीत अलि ढिला स्टेजमा पुगे, सलमानले सोधे – सुतेको थियौ कि के हो ?
तब अरिजीतले जवाफ दिए – तपाईंहरुको होस्टिङले मलाई सुताइदियो ।

उनको जवाफबाट सलमान चिढिए र उनले भने, ‘जस्तो गीत तिमी गाउँछौँ, त्यसबाट निद्रा नै आउँछ ।’
त्यसपछि सलमानले अरिजीतलाई तुम ही हो... गीत गाउन लगाएका थिए । जब अरिजीत गीत गाउँदै थिए, सलमान उनको नक्कल गरिरहेका थिए । यसपछि सलमानले अरिजीतलाई अवार्ड दिँदै भने – ‘यी लेऊ तिम्रो अवार्ड र अब जाऊ ।’
यस दौरान दुवै क्रुद्ध नजर आएका थिए । सलमान यति रुष्ट बने, सुल्तान चलचित्रबाट अरिजीतको गीत नै हटाइदिए । यसपछि अरिजीतले मिडियामा सलमानसँग माफी मागेपनि सलमानले अहिलेसम्म उनलाई माफी दिएका छैनन् ।
३. अर्जुन कपुर

जब अर्जुन कपुर नाम सलमानको बुहारी मलाइका अरोडासँग जोडियो, सलमान अर्जुनसँग रुष्ट बने । अर्जुन र मलाइका धेरै ठाउँमा सँगै देखिए । सलमानलाई यो कुरा मन परेन । सलमानले अर्जुनलाई मलाइकासँगको सम्बन्धको बारेमा सोध्दा अर्जुनले आफूहरुबीच त्यस्तो केही नभएको बताए पनि उता दुईको सम्बन्ध धेरै अघि बढिसकेको थियो ।
४. सञ्जय लिला भन्साली

सलमानले सञ्जयसँग मिलेर खामोशी, हम दिल दे चुके सनमजस्ता हिट चलचित्र दिए । तर, दुईबीच अहिले सम्बन्ध राम्रो छैन । आजभोलि दुईजना एकअर्कासँग कुरा पनि गर्दैनन् । त्यसयता सलमानलाई लिएर सञ्जयले कुनै चलचित्र बनाएका छैनन् ।
५. सरोज खान
कोरियोग्राफर सरोज खान पनि सलमानको ‘दुश्मन’ को सूचीमा छन् । दुईबीच सलमान ठूलो स्टार नहुँदै दुरी आएको थियो ।

‘अन्दाज अपना अपना’ मा काम गर्दा सरोज खान कोरियोग्राफर थिइन् । सलमानलाई लाग्यो सरोजले उनलाई डान्स स्टेप राम्रोसँग सिकाइरहेकी थिइनन् । रुष्ट बनेका सलमान र सरोजबीच बादविवाद नै भयो । त्यसयता उनीहरुबीच कहिल्यै राम्रो सम्बन्ध बनेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण