गाजामा २०० पत्रकार तथा मिडियाकर्मीको मृत्यु : इएफजे
सारांश
- युरोपेली पत्रकार महासङ्घले इजरायली आक्रमणलाई पत्रकारमाथिको नरसंहार भन्दै २०० पत्रकारको हत्या भएको जनाएको छ।
- बुडापेस्टमा बसेको बैठकपछि इएफजेले गाजामा पत्रकार र सर्वसाधारणमाथि भएको घातक हमलाको निन्दा गरेको छ।
- इजरायली सेनाले युद्ध अपराधका साक्षीहरूलाई चुप गराउन गाजामा मिडिया बन्द गर्न खोजिरहेको इएफजेको भनाइ छ।
बुडापेस्ट । युरोपेली पत्रकार महासङ्घ (इएफजे) ले इजरायली आक्रमणलाई पत्रकारहरूमाथिको अकल्पनीय नरसंहार भन्दै सन् २०२३ अक्टोबरदेखि गाजामा आक्रमणको क्रममा २०० पत्रकार तथा मिडियाकर्मीको हत्या भएको जनाएको छ ।
बुडापेस्टमा दुई दिनको बैठकपछि बुधबार जारी गरिएको विज्ञप्तिमा इएफजेले गाजामा पत्रकार सहित सर्वसाधारणमाथि भएको घातक हमलाको निन्दा गरेको छ । संयुक्त घोषणापत्रमा ४७ युरोपेली देशहरूमा ईएफजेका १२० सदस्यहरूले हस्ताक्षर गरेका छन् ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र संयुक्त राष्ट्रसङ्घीय निकायले इजरायली आक्रमणलाई नरसंहारको रूपमा वर्णन गरिरहेको बेला इजरायली सेनाले युद्ध अपराधका साक्षीहरूलाई चुप गराउन गाजामा मिडिया बन्द गर्न खोजिरहेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकारका रूपमा मौलिक मानव अधिकार प्रेस स्वतन्त्रताका लागि उनीहरूको अक्रमण्यताको निन्दा गर्दै पीडित प्यालेस्टिनी सहकर्मीहरूसँग एकता व्यक्त गरी अधिकारको माग गर्नु पत्रकारको कर्तव्य भएको इएफजेले बताएको छ ।
इएफजेले मिडिया व्यवसायी र पत्रकारहरूलाई युरोपेली प्रतिक्रियामा आफ्ना प्यालेस्टिनी सहकर्मीसँग एकतावद्ध भई प्रतीकात्मक सतर्कता आयोजना गर्न आह्वान गरेको छ ।
बैठकले ईयू निर्देशक समितिलाई प्यालेस्टिनी पत्रकारहरूको सुरक्षा गर्न र मध्य पूर्वमा सूचनाको स्वतन्त्रताको ग्यारेन्टी गर्न सबै ईयू संस्थाहरूसँग मिलेर हस्तक्षेप गर्न पनि आह्वान गरेको छ ।
इएफजेले पत्रकारलगायत नागरिकहरूको नरसंहार अन्त्य गर्न, अपराधीलाई दण्डमुक्त गर्ने परिपाटीको अन्त्य गर्न र गाजामा तुरुन्तै अन्तर्राष्ट्रिय मिडियाको पहँच कायम गर्दै युद्धविरामको आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण