शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

सिमराकी डीएसपी वाइबा प्रधान कार्यालय फिर्ता

बिहीबार, २२ जेठ २०८२, ११ : ५३
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • प्रहरी प्रधान कार्यालयले बारा इलाका प्रहरी कार्यालयका डीएसपी सुभद्रा वाइबालाई फिर्ता बोलाएको छ।
  • डीएसपी वाइबाले जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृतसँग तेलको कुपनको विषयमा विवाद गरेकी थिइन्।
  • यसअघि पनि वाइबा विवादित छवि कारण प्रहरी प्रभाग कोटेश्वरबाट समयअगावै तानिएकी थिइन्।

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बारास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत डीएसपी सुभद्रा वाइबालाई फिर्ता बोलाएको छ । वाइबालाई फिर्ता बोलाउने निर्णय भएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले रातोपाटीलाई बताए । 

सिमरामा डीएसपी वेद जोशीलाई पठाइएको छ । ६ महिनाअघि सिमरा गएकी वाइबाले जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंसँग विवाद गरेकी थिइन् । तेलको कुपनको विषयमा उनीहरूको बिचमा विवाद भएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरू बताउँछन् । 

विवादित छवि भएकी वाइबा यसअघि प्रहरी प्रभाग कोटेश्वरको इन्चार्ज हुँदा पनि अवधै नपुग्दै तानिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप