सिमराकी डीएसपी वाइबा प्रधान कार्यालय फिर्ता
बिहीबार, २२ जेठ २०८२, ११ : ५३
सारांश
- प्रहरी प्रधान कार्यालयले बारा इलाका प्रहरी कार्यालयका डीएसपी सुभद्रा वाइबालाई फिर्ता बोलाएको छ।
- डीएसपी वाइबाले जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृतसँग तेलको कुपनको विषयमा विवाद गरेकी थिइन्।
- यसअघि पनि वाइबा विवादित छवि कारण प्रहरी प्रभाग कोटेश्वरबाट समयअगावै तानिएकी थिइन्।
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बारास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत डीएसपी सुभद्रा वाइबालाई फिर्ता बोलाएको छ । वाइबालाई फिर्ता बोलाउने निर्णय भएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले रातोपाटीलाई बताए ।
सिमरामा डीएसपी वेद जोशीलाई पठाइएको छ । ६ महिनाअघि सिमरा गएकी वाइबाले जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंसँग विवाद गरेकी थिइन् । तेलको कुपनको विषयमा उनीहरूको बिचमा विवाद भएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरू बताउँछन् ।
विवादित छवि भएकी वाइबा यसअघि प्रहरी प्रभाग कोटेश्वरको इन्चार्ज हुँदा पनि अवधै नपुग्दै तानिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण