बेंगलुरु दुर्घटना : भागदौडको घटनामा दुई जना पक्राउ
सारांश
- बैंगलोरमा आरसीबीको जितको उत्सव मनाउँदा भएको भागदौडमा दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा आरसीबी व्यवस्थापन टोलीका निखिल सोसाले र सुनिल म्याथ्यू छन्, जसलाई सहर छोड्न खोज्दा विमानस्थलमा पक्राउ गरियो।
- कर्नाटक सरकारले आरसीबी, कर्नाटक क्रिकेट संघ र कार्यक्रम व्यवस्थापन कम्पनीविरुद्ध कडा कारबाही गर्ने निर्णय गरेपछि पक्राउ गरिएको हो।
नयाँ दिल्ली । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को जितको उत्सव मनाउने क्रममा भएको भाग दौड र मृत्युको सम्बन्धमा बेंगलुरु प्रहरीले दुई अधिकारीहरूलाई पक्राउ गरेको छ । सहर छोड्न खोज्दै गर्दा यी दुई अधिकारीहरू विमानस्थलमा पक्राउ परेका थिए । पक्राउ पर्नेमा आरसीबीका व्यवस्थापन टोलीका निखिल सोसाले र टिमका कार्यक्रम व्यवस्थापनका सुनिल म्याथ्यू हुन् ।
यस घटनामा थप पक्राउ गरिने एक प्रहरी अधिकारीले बीबीसी हिन्दीलाई भने । एफआईआर दर्ता भएपछि र राज्य सरकारले आरसीबी, कर्नाटक क्रिकेट संघ र आरसीबीका कार्यक्रम व्यवस्थापन कम्पनीविरुद्ध कडा कारबाही गर्ने निर्णय गरेपछि यी दुई पक्राउ गरिएको हो ।
यी दुई अधिकारीहरूलाई निःशुल्क पास घोषणा गरेर भीड जम्मा गरेको आरोप छ । कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले हिजो राति तीन संस्थाका अधिकारीहरूलाई पक्राउ गर्नुपर्ने घोषणा गरेका थिए । १८ वर्षपछि आरसीबीले आईपीएल जितेको उत्सवको क्रममा बैंगलोरमा भाग दौड मच्चिएपछि यो निर्णय गरिएको हो ।
पक्राउ परेकाहरूलाई आरसीबीको सामाजिक सञ्जाल ह्यान्डल र वेबसाइटमा विधानसभा भवनदेखि कर्नाटक क्रिकेट सङ्घसम्म टोलीको विजय परेड र रङ्गशालामा निःशुल्क पासको बारेमा जानकारी पोस्ट गरेको आरोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण