समस्याको मूल जरो संविधानमा छ, पुनर्लेखनको विकल्प छैन : उपेन्द्र यादव
कपिलवस्तु । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल देशमा देखिएका सबै समस्याको मूल जरो वर्तमान संविधानमा रहेकोले यसलाई पुनर्लेखन गर्न माग गरेका छन् ।
शुक्रबार तौलिहवामा जसपा नेपाल कपिलवस्तुको आयोजित जिल्लाको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले संविधान नसच्याए मुलुकले योभन्दा कठिन र जटिल अवस्थाको सामना गर्न बाध्य हुने दाबी गरे ।
फोहोर भैसकेको खोलाको मुहान पहिले सफा गरौँ, पानी आफै स्वच्छ हुन्छ भन्दै अध्यक्ष यादवले भने,– ’मुलुकलाई निकास दिन ढिला नगरौँ, दफावार धारा पिच्छे त्रुटिपूर्ण रहेको यो संविधानलाई पुनर्लेखन गर्नुको विकल्प नै छैन ।’
संविधान संशोधनकै एजेन्डा अघि सारेर बनेको वर्तमान सरकार सत्तालिप्सा, भ्रष्टाचारी, कमिसनखोर, बिचौलिया र भू माफिया जस्ता देशका धमिरालाई संरक्षण गर्नु बाहेक संबिधानका त्रुटिहरू सच्याउने तर्फ गम्भीर नभएको उनले टिप्पणी गरे ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार देशमै संविधान कार्यान्वयन नभएको भन्दै अध्यक्ष यादवले जारी भएदेखि यो विकृत संविधानकै कारणले एक दशकदेखि मुलुक अनिर्णयको बन्दी बन्न बाध्य भएको बताए ।
'ठुला भनिएका तीन दल आफैँले ल्याएको संविधानमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र लेखे पनि यसको कार्यान्वयनमा इमानदार छैनन्,अध्यक्ष यादवले,'यदि संविधान कार्यान्वयन हुँदैन भने त्यसले लोकतन्त्रलाई झन् कमजोर बनाउँछ, त्यसैले संविधानलाई संशोधन गरेर त्यसको मूल मर्म अनुसार पुनर्लेखन गर्नुपर्छ ।’
कांग्रेस र कम्युनिस्ट जस्ता दलहरू संविधान र सङ्घीयताको कार्यान्वयनप्रति गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाउँदै यादवले प्रतिबद्धता बिना कुनै पनि संविधान दीर्घकालीन बन्न सक्दैन, भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण