शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

बारामा मदन आश्रितका नाममा ३ करोड बजेट

शनिबार, २४ जेठ २०८२, १६ : ४४
शनिबार, २४ जेठ २०८२

समाचार सारांश

  • सरकारले एमाले सांसद ज्वालाकुमारी साहको निर्वाचन क्षेत्रमा मदन आश्रितको नाममा भवन बनाउन ३ करोड बजेट छुट्याएको छ।
  • आगामी आर्थिक वर्षको बजेटमा यो रकम विनियोजन भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
  • सांसद साहले आफूले बजेट मागेको स्वीकार गर्दै आलोचनाप्रति प्रतिक्रिया दिन आवश्यक नभएको बताइन्।

काठमाडौँ । सरकारले एमाले सांसद ज्वालाकुमारी साहको चुनावी क्षेत्रमा ‘मदन आश्रित’का नाममा भवन निर्माणका लागि ३ करोड बजेट छुट्ट्याएको खुलेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त बजेट छुट्ट्याएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

उक्त बजेट सहरी विकास मन्त्रालय अन्तर्गत छुट्ट्याइएको हो । नेताका नामबाट बन्ने भवनका लागि आफूले बजेट माग गरेको सांसद साहले स्वीकार गरिन् । उनले सामाजिक सञ्जालमा भइरहेको आलोचनाबारे आफूलाई कुनै प्रतिक्रिया दिन जरुरी नभएको बताइन् । 

‘आलोचना गर्नेहरूको मुख थुन्न सकिएन । एमालेले गरेको कामप्रति डाहा गर्नेले आलोचना गरेका हुन् । त्यसमा भन्नु केही छैन’, उनले भनिन, ‘जनता र देश विकासको पक्षमा काम गर्न छाडिँदैन । यसमा कतिपयलाई चित्त नबुझेको हुनसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप