बारामा मदन आश्रितका नाममा ३ करोड बजेट
शनिबार, २४ जेठ २०८२, १६ : ४४
सारांश
- सरकारले एमाले सांसद ज्वालाकुमारी साहको निर्वाचन क्षेत्रमा मदन आश्रितको नाममा भवन बनाउन ३ करोड बजेट छुट्याएको छ।
- आगामी आर्थिक वर्षको बजेटमा यो रकम विनियोजन भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
- सांसद साहले आफूले बजेट मागेको स्वीकार गर्दै आलोचनाप्रति प्रतिक्रिया दिन आवश्यक नभएको बताइन्।
काठमाडौँ । सरकारले एमाले सांसद ज्वालाकुमारी साहको चुनावी क्षेत्रमा ‘मदन आश्रित’का नाममा भवन निर्माणका लागि ३ करोड बजेट छुट्ट्याएको खुलेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त बजेट छुट्ट्याएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
उक्त बजेट सहरी विकास मन्त्रालय अन्तर्गत छुट्ट्याइएको हो । नेताका नामबाट बन्ने भवनका लागि आफूले बजेट माग गरेको सांसद साहले स्वीकार गरिन् । उनले सामाजिक सञ्जालमा भइरहेको आलोचनाबारे आफूलाई कुनै प्रतिक्रिया दिन जरुरी नभएको बताइन् ।
‘आलोचना गर्नेहरूको मुख थुन्न सकिएन । एमालेले गरेको कामप्रति डाहा गर्नेले आलोचना गरेका हुन् । त्यसमा भन्नु केही छैन’, उनले भनिन, ‘जनता र देश विकासको पक्षमा काम गर्न छाडिँदैन । यसमा कतिपयलाई चित्त नबुझेको हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण