६० वर्षका जोनी लिभर किन फिल्मबाट गायब ? यस्तो छ कारण
६० वर्षका जोनी लिभरलाई आजकाल बलिउड फिल्ममा त्यति देख्न पाइँदैन तर उनका प्रशंसकको भने कमी छैन । आजकाल टेलिभिजन कार्यक्रम ‘पार्टनर्स’ मा देखिएका जोनीले काम कम गर्नुका कारण र नयाँ प्रोजेक्टबारे कुराकानी गरेका छन् ।
काम कम गर्नुका केही विशेष कारण ?
मैले अत्यधिक काम गरेको छु, त्यसकारण मानिसहरुले मलाई राम्रो मान्नुहुन्छ । अब म अहिले काम छान्ने भएको छु । सधैं एउटै काम गर्न थालें भने मेरा प्रशंसकलाई पनि दिक्क लाग्न सक्छ । नयाँ हाँस्यकलाकार हामी जस्तै चुजी हुन सक्दैनन् । उनीहरुले काम छान्न थाले भने के खान्छन् ? उनीहरुले काम पाउन् भनेर म आराम गरेर बसिरहेको छु ।’
टेलिभिजन कार्यक्रम ‘पार्टनर्स’ मा तपाईंले दर्शक र प्रशंसकको कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
मैले ‘पार्टनर’ मा विशेषगरी बच्चाहरुको प्रतिक्रिया पाइरहेको छु । उनीहरुले मैले गरेको काममा विशेष रुची दिने गरेका छन् ।
के कुनै फिल्म वा वेबसिरिज पनि गरिरहुनभएको छ ?
म साजिल नाडियाडवालाको हाउसफुल–४ र संजय दत्तको होम प्रोडक्सनको एक फिल्ममा काम गरिरहेको छु । यसका साथै, एकता कपुरको एक वेबसिरिज पनि गर्ने भएको छु जसबारे अहिले नै कुरा गर्न सक्दिनँ । अहिले हरेक व्यक्तिले कमेडी गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण