बेपत्ता राजेश श्रेष्ठको शव बेगनास तालको ३५ फिट गहिराइमा फेला
सोमबार, २६ जेठ २०८२, ११ : ५५
सारांश
- कास्कीको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखाका एक पुरुषको शव फेला परेको छ।
- ४३ वर्षीय राजेश श्रेष्ठ जेठ २५ गते साँझ बेपत्ता भएका थिए, उनी पोखरा भ्रमणमा आएका थिए।
- सशस्त्र प्रहरीको गोताखोर टोलीले ३५ फिट गहिराइबाट श्रेष्ठको शव निकालेको हो।
पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–३१ स्थित माझीकुनामा रहेको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक पुरुषको शव ३५ फिट गहिराइबाट निकालिएको छ।
गोरखा जिल्लाको शहिदलखन गाउँपालिका–३, मनकामनाका ४३ वर्षीय राजेश श्रेष्ठ जेठ २५ गते साँझ साढे ७ बजे तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। पोखरा भ्रमणमा रहेका श्रेष्ठ लेकवेभ होटलमा बस्दै आएका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको गोताखोर टोलीले सोमबार बिहान १० बजे बेपत्ता श्रेष्ठको शव फेला पारेको हो।
उक्त टोलीले करिब ३५ फिट गहिराइमा खोजी गर्दै श्रेष्ठको शव निकाल्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण