क्यालिफोर्नियाका गभर्नरले ट्रम्प प्रशासनमाथि मुद्दा हाले
मङ्गलबार, २७ जेठ २०८२, ०३ : ४२

समाचार सारांश
- क्यालिफोर्नियाका गभर्नर गेभिन नुसमले ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेका छन्।
- गभर्नर नुसमले लस एन्जलसमा नेशनल गार्ड तैनाथ गरेकोमा आपत्ति जनाएका हुन्।
- ट्रम्पले क्यालिफोर्नियामा शान्ति पुनर्स्थापना गर्न २०० राष्ट्रिय गार्ड सेना पठाएका थिए।
काठमाडौं। क्यालिफोर्नियाका गभर्नर गेभिन नुसमले राष्ट्रपति ट्रम्प प्रशासनमाथि मुद्धा हालेका छन् ।
गभर्नर नुसमले आफ्नो अनुमति बिना लस एन्जलसमा नेशनल गार्ड तैनाथ गरेकोमा ट्रम्प प्रशासनविरुद्ध मुद्दा हालेको बताएका हुन् ।
उनले यसअघि नै गार्ड तैनाथीको विषयलाई लिएर असंवैधानिक कदम भन्दै यसको विरुद्ध कदम चाल्ने बताएका थिए । शनिबार, क्यालिफोर्नियामा मानिसहरू अध्यागमन र भन्सार प्रवर्तनको कारबाहीको विरोधमा सडकमा उत्रिएका थिए।
गभर्नर गेभिन नुसेमको आपत्तिका बाबजुद ट्रम्पले क्यालिफोर्नियामा शान्ति पुनर्स्थापना गर्न २०० राष्ट्रिय गार्ड सेना तैनाथ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप लिग २ क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा
-
‘जेन–जी पुस्तामा ह्युमन टच कम, एक्लोपन बढी छ’
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश