रातोपाटीले नेपाली समाजको यथार्थलाई तथ्यपरक ढङ्गले पस्किने काम गरेको छ : नारायणकाजी श्रेष्ठ
सारांश
- नारायणकाजी श्रेष्ठले रातोपाटीले नेपाली समाजको यथार्थलाई तथ्यपरक ढङ्गले प्रस्तुत गरेको बताए।
- रातोपाटीको १२ औँ वार्षिकोत्सवमा श्रेष्ठले अनलाइन पोर्टलको आगामी यात्राको शुभकामना व्यक्त गरे।
- श्रेष्ठले मिडियाले सामाजिक न्यायसहितको समृद्धिमा सहयोगी भूमिका खेल्नुपर्ने बताए।
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रातोपाटीले नेपाली समाजको यथार्थलाई तथ्यपरक ढङ्गले प्रस्तुत गर्दै आएको बताएका छन् ।
'यो रातो रंग मात्रै होइन । रातोपाटीले नेपाली समाजका यथार्थहरूलाई तथ्यपरक तरिकाले पस्किने, विचार प्रस्तुत गर्ने र जनविवेक निर्माण गर्ने बहुआयामिक प्रयास गर्दै आएको छ', मंगलबार रातोपाटी डटकमको १२ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भने ।
श्रेष्ठले रातोपाटी डटकम १२ वर्षे यात्रा पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण टिमलाई अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढ्न समेत शुभकामना दिए । उनले भने, 'यस अनलाइन पोर्टलले सुरुदेखिनै जुन काम गरिरहेको छ, त्यो अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढोस् भन्ने शुभकामना व्यक्त गर्दछु।'
उनले संस्थापक ओम शर्माको नेतृत्वमा निजी क्षेत्रबाट व्यवस्थित, संस्थागत, दिगो र उदाहरणीय प्रयास हुनु निकै प्रेरणादायी रहेको टिप्पणी गरे।
श्रेष्ठले वर्तमान समयको प्रमुख कार्यभार सामाजिक न्यायसहितको समृद्धि भएको उल्लेख गर्दै त्यसमा मिडियाले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए। 'रातोपाटीले त्यो कार्यभारप्रति जिम्मेवारीपूर्वक भूमिका खेलोस्,' उनले शुभकामना व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण