अनेरास्ववियुको अध्यक्षका लागि कडरिया र पौडेल भिड्दै, महासचिवमा ३ जनाको उम्मेदवारी

समाचार सारांश
- अनेरास्ववियुको अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिस्पर्धा हुने।
- सर्वसम्मतिबाट नेतृत्व चयन हुन नसकेपछि मतदानबाट टुंगो लगाइने, उपाध्यक्ष र महासचिव पदका लागि पनि उम्मेदवारी दर्ता।
- एमालेको निर्देशनअनुसार सहमति खोज्दा विवाद, पौडेल र धामीले विरोध गरेपछि निर्वाचनको कार्यतालिका सार्वजनिक।
काठमाडौँ । अनेरास्ववियुको अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुर जारी २४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका हुन् ।
सर्वसम्मतिमार्फत नेतृत्व चयनका लागि भएको प्रयास विफल भएपछि आज मतदान हुन लागेको हो । उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ ।
खुल्ला उपाध्यक्षमा भरत धामी, धमेन्द्र केसी, विकास श्रेष्ठ, राजकुमार ढकाल र रोहित बमको उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी परेको छ ।
त्यस्तै महासचिवमा ३ जना दीपक धामी, आरके रोमस र सुनिल कँडेलको उम्मेदवारी परेको छ। धामी डाक्टर कडरिया प्यालनबाट उम्मेदवार बनेका हुन् । दुई अध्यक्षका दाबेदार कडरिया र धामी एउटै प्यानलबाट अध्यक्ष र महासचिवका उम्मेदवार बनेका हुन् ।
उपमहासचिव पदमा कमल जोशी, अमर शाही र प्रेमिका शाहीले उम्मेदवारी दिएका छन् ।
सचिवमा मदन भण्डारी, राजेश ओली, रक्षा बम, मनोज राई, गोपाल नेपाल, धर्मराज तिमिल्सेना, अनुप लामिछाने, स्मृति बराल, रेखा न्यौपाने, नीरज पौडेल लगायतले उम्मेदवारी दिएका हुन् ।
अनेरास्ववियुको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न एमालेको उच्च तहबाट निर्देशन आएको थियो । सोही आधारमा अध्यक्ष मण्डलले अध्यक्षमा डाक्टर कडरियालाई अघि सारेको थियो । उक्त प्रस्तावको विरोध गर्दै पौडेल, धामी लगायतले नाराबाजी गरेका थिए ।
चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरेपछि निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको थियो । आज मतदान बिहान १० बजेदेखि ५ बजेसम्मको मतदानको समय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको विमान दुर्घटनाको नेपालद्वारा दु:ख व्यक्त
-
कमजोरी सच्याउँदै आन्दोलन नयाँ ढंगले अघि बढ्छ : कमल थापा
-
मुग्लिन–मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने
-
कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु
-
विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्, ‘भूकम्प आएको जस्तो महसुस भयो’
-
१४ जुनभित्र एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई श्रेष्ठ नेतृत्वको एनआरएनएको आग्रह