मुस्लिम देशले प्यालेष्टाइनलाई आफ्नो जमिन दिनुपर्छ : अमेरिकी राजदूत

समाचार सारांश
- अमेरिकी राजदूतले मुस्लिम देशहरूलाई प्यालेस्टिनी राष्ट्र निर्माणको लागि जमिन दिन सुझाव दिएका छन्।
- राजदूतले इजरायलले कब्जा गरेको पश्चिमी किनारमा प्यालेस्टिनी समुदायहरू विरुद्ध हिंसा भड्काएको आरोपमा इजरायली मन्त्रीहरूमाथि प्रतिबन्ध लगाएकोमा आलोचना गरे।
- उनले दुई-राज्य समाधानलाई जोड दिए, जसलाई इजरायल र प्यालेस्टाइनबीचको शान्तिको लागि राम्रो योजनाको रूपमा समर्थन गरिएको छ।
वासिङ्टन डीसी । मुस्लिम देशहरूले प्यालेस्टिनी राष्ट्र निर्माण गर्न आफ्नो केही जमिन दिनुपर्ने सुझाव दिइएकाे छ । ‘मुस्लिम देशहरूसँग इजरायलले नियन्त्रित भूमिभन्दा ६४४ गुणा बढी जमिन छ’ बीबीसीसँगको एक अन्तर्वार्तामा इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबीले भनेका छन् ।
उनले भने– ‘त्यहाँ कोही त होलान् जसले भन्ने छ कि हामी प्यालेस्टाइनको लागि यो गर्न चाहन्छौँ ।’ अमेरिकी राजदूतले बेलायत, अस्ट्रेलिया लगायत अमेरिकी सहयोगीहरूको पनि कडा आलोचना गरेका छन् । किनभने उनीहरूले इजरायलले कब्जा गरेको पश्चिमी किनारमा प्यालेस्टिनी समुदायहरू विरुद्ध हिंसा भड्काएको आरोपमा दुई इजरायली मन्त्रीहरूमाथि प्रतिबन्ध लगाएका थिए ।
आफ्नो अन्तर्वार्तामा उनले दुई–राज्य समाधानमा जोड दिए र भने कि यो इजरायल र प्यालेस्टाइन बिचको शान्तिको लागि राम्रो योजना हो । यसलाई अमेरिकी प्रशासन लगायत अन्तर्राष्ट्रिय रूपमा पनि समर्थन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?