शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

अनेरास्ववियुको निर्वाचन कार्यतालिका संशोधन, आज राति ८ बजेदेखि मतदान हुने

बुधबार, २८ जेठ २०८२, १६ : २३
बुधबार, २८ जेठ २०८२

समाचार सारांश

  • अनेरास्ववियुको २४औँ महाधिवेशनमा निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। मतदान राति ८ बजेदेखि २ बजेसम्म हुनेछ।
  • निर्वाचन कमिटीले उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्‍यो र अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ।
  • अध्यक्षका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्, जसमा ५२१ जना उम्मेदवार छन्।

काठमाडौँ । अनेरास्ववियुको २४ औँ महाधिवेशनमा निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । निर्वाचन कमिटीले कार्यतालिका संशोधन गर्दै आज राति ८ बजेदेखि मतदानको समय राखेको छ । 

दिउँसो ३ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो । साँझ साँढे ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । मतदान भने राति ८ बजेदेखि राति २ बजेसम्म हुनेछ । 

मतदान सकिएपछि मतगणना निर्वाचनको मतपरिणामको घोषणा, प्रमाणपत्र वितरण र सपथ ग्रहणको कार्यतालिका छ । 

निर्वाचन कमिटीले आवश्यक परेको खण्डमा निर्वाचन कार्यक्रम फेरबदल हुनेछ । निर्वाचन कमिटीले २०३ पदका लागि ५२१ जना उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । अध्यक्षमा डा‍. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी परेको छ । कडरियाको तर्फबाट महासचिवमा दीपक धामी र पौडेलको तर्फबाट आरके रोमस रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप