‘वात्सल्य’ बन्यो ‘द भ्वाइस किड्स नेपाल’को मुख्य प्रायोजक
काठमाडौं । नेपालका बाल प्रतिभाहरूलाई मञ्च दिने चर्चित अन्तर्राष्ट्रिय गायन रियालिटी शो द भ्वाइस किड्स नेपाल सिजन ४ मा, प्रजनन उपचारको क्षेत्रमा अग्रणी संस्था वात्सल्य नेचुरल आईभीएफ मुख्य प्रायोजकको रूपमा आबद्ध भएको छ।
वात्सल्यले लामो समयदेखि सन्तान प्राप्तिमा कठिनाइ भोगिरहेका हजारौं नेपाली दम्पतीलाई नयाँ आशा र जीवनको सुरुवात दिलाउँदै आएको छ। अब भने उसले बाल प्रतिभा र उज्जवल भविष्य निर्माणको अभियानमा पनि हातेमालो गर्दै द भ्वाइस किड्स सँग सहकार्य गरेको हो।
वात्सल्य र द भ्वाइस किड्सबीचको सहकार्य आशा, विश्वास र भविष्यप्रतिको समर्पणको प्रतीक भएको आयोजकले जनाएका छन्। एकातर्फ, द भ्वाइस किड्सले बालबालिकाको आवाज र क्षमतामा भविष्य खोज्दछ भने अर्कातर्फ, वात्सल्य त्यो भविष्यलाई जन्म दिनमा योगदान पुर्याउँदै आएको छ।
चौथो संस्करणको द भ्वाइस किड्स यही जेठ ३० गतेदेखि हिमालय टेलिभिजनमार्फत प्रत्येक शुक्रबार र शनिबार प्रसारण हुनेछ। यस सिजनमा मिलन नेवार, खेम सेन्चुरी, सत्यराज आचार्य र मेलिना राई कोचका रूपमा रहने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण