बलिउडका चर्चित ७ सेलिब्रेटी, जसले रोजे यी हनिमुन स्थल
मुम्बई –बलिउड सेलिब्रेटीका बिवाह मात्र होइन, हनिमुन पनि चर्चाको बिषय बन्ने गर्दछ । बिवाहको डेट फाइनल हुने बितिकै हनिमुनका लागि युरोप, लन्डन र पेरिस जस्ता शहरका नाम अगाडि आउने गर्दछ । बलिउडका केही स्टार जसले हनिमुन महँगा शहर रोजे ।
शाहरुख खान र गौरी
बलिउडका किङ खान शाहरुखले पत्नी गौरीका साथ हनिमुन पेरिसमा मनाएका थिए ।

अरबाज खान र मलाईका
बलिउडका चर्चित कपल मध्यका एक मलाईका र अरबाज पनि थिए । अहिले उनीहरु अलग भइसकेका छन् । तर यी दुबैले हनिमुनका लागि माल्दिप रोजेका थिए ।

अभिषेक बच्चन र ऐश्वर्या
अभिषेकले पत्नी ऐश्वर्यासँग हनिमुन युरोपमा मनाएका थिए । दुबैको हनिमुन तस्बिरले निकै चर्चा पाएको थियो ।

सैफअली खान र करीना कपुर
करीना र सैफले स्विजरल्याण्डको सविस अल्पस पहाड हनिमुनका लागि रोजेका थिए । यो पहाड प्रेम जोडीको लागि चर्चित मानिन्छ ।

शिल्पा शेट्टी र राज कुन्द्रा
शिल्पा र राजले क्यारेबियन आइल्याण्डको एक चर्चित स्थानमा हनिमुन सकाएका थिए । समुन्द्र रुचाउनेका लागि यो निकै राम्रो हनिमुन स्थलको रुपमा मानिदै आएको छ ।

किरण राव र आमिर खान
बलिउडका स्टार आमिर खानले आफ्नो दोस्री श्रीमती किरणसँग हनिमुन भारतमै मनाएका थिए । हनिमुनका लागि उनले पंचगिनी रोजेका थिए ।

जेनेलिया डिसुजा र रितेश देशमुख
जेनेलिया र रितेश बलिउडको चर्चित जोडी मानिन्छ । यी दुबै लामो समय रिलेसन सिपमा रहेर बिबाह गरेका थिए । यी दुबैले हनिमुनका लागि विशाखापट्टनम रोजेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण