मकवानपुरमा चट्याङ लागेर बालकको मृत्यु
बिहीबार, २९ जेठ २०८२, २२ : १८
सारांश
- मकवानपुरमा चट्याङ लाग्दा एक बालकको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्।
- कैलाश गाउँपालिकाका १४ वर्षीय बालकको घर बाहिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।
- बागमती गाउँपालिकाका एक व्यक्ति चट्याङ लागेर घाइते भएका छन् र उनको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
मकवानपुर । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
चट्याङ लागेर कैलाश गाउँपालिका–९ थामलेक निवासका १४ वर्षीय कान्छा गोलेको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । आफ्नै घर बाहिर खाटमा बसिरहेका अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, चट्याङ लागेर बागमती गाउँपालिका–२ देउराली गाउँका ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ घाइते भएका छन् । आफ्नै घरमा बसिरहेका अवस्थामा उनी चट्याङ लागेर घाइते भएका हुन् । उनको राईगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
चट्याङ लागेर स्थानीय कमलजङ्ग रानामगरको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण