नेपाल र चीनबिचको मित्रता नयाँ युगमा प्रवेश : परराष्ट्रमन्त्री राणा
सारांश
- परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल र चीनबीचको मित्रता नयाँ युगमा प्रवेश गरेको बताइन्।
- मन्त्री आरजुले पारस्परिक विश्वास र सहयोगमा आधारित सम्बन्धलाई सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिन्।
- कार्यक्रममा नेपाल-चीन सम्बन्धबारे विभिन्न विज्ञहरुले आ-आफ्ना विचार राखेका थिए।
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र चीन बिचको परम्परागत मित्रता नयाँ युगमा प्रवेश गरिरहेको बताएकी छिन् ।
परराष्ट्र मन्त्रालयको आयोजनामा ‘प्रोफेसर यादुनाथ खनाल लेक्चरल सिरिज’ कार्यक्रमको समापन गर्दै मन्त्री आरजुले आगामी दिनमा पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र चीनबिचको सम्बन्धलाई अझ सुदृढ बनाइने प्रतिबद्धता जनाइन् ।
नेपाल–चीन सम्बन्धको विकासशील यात्रालाई स्मरण गर्दै उनले प्राध्यापक यादुनाथ खनालको स्वतन्त्र, सन्तुलित र यथार्थपरक कूटनीतिक दृष्टिकोणमा आधारित रहेको बताइन् । सो अवसरमा परराष्ट्र मन्त्रालयले “दक्षिण एसियाको सन्दर्भमा नेपाल–चीन सम्बन्ध: अवसर, चुनौती र आगामी बाटो“ शीर्षकमा कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा परराष्ट्र विज्ञ एवं प्राध्यापक जयराज आचार्य र चीनको चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीजका निर्देशक डा. याङ छेनसीले प्रमुख वक्ताका रूपमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण