शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
इरान इजरायल तनाव

इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार

शनिबार, ३१ जेठ २०८२, ०१ : ०३
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • इजरायली सेनाले इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ। मानिसहरूलाई घरमै बस्न भनिएको छ।
  • इरानका सर्वोच्च नेता अली खामेनीले इजरायललाई ठुलो क्षति पुर्‍याउने बताएका छन्। जेरुसेममा विस्फोटको आवाज सुनियो।
  • इजरायलले इरानमा आक्रमण गरी वैज्ञानिकको हत्या गरेको थियो। इजरायलले सैन्य कारबाहीलाई 'अपरेशन राइजिङ लायन' नाम दिएको छ।

काठमाडौँ। इजरायली सेनाले केही समयअघि इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको बताएको छ। 

इजरायली सेनाले अर्को सूचना नआएसम्म मानिसहरूलाई घरमै बस्न भनेकाे छ। इरानका सर्वोच्च नेता अली खामेनीले इरानले इजरायललाई ठुलो क्षति पुर्‍याउने बताएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार केही समय अगाडि जेरुसेलमको आकाशमा चम्किलो प्रकाश देखिएको थियो र विस्फोटको आवाज सुनिएको थियो।

यसअघि इजरायलले इरानमा आक्रमण गरी इरानी रिभोलुसन गार्डका कमान्डर हुसेन सलामी सहित धेरै आणविक वैज्ञानिकहरूको हत्या गरेको थियो।

बीबीसीका अनुसार इजरायलले यो सैन्य आक्रमणलाई ‘अपरेशन राइजिङ लायन’ नाम दिएको छ र पछिल्ला केही घण्टामा इरान भित्र धेरै ठाउँहरूमा आक्रमण भएको रिपोर्ट आएको छ। इरानको रिभोलुसनरी गार्ड्ससँग सम्बन्धित समाचार एजेन्सीका अनुसार इरानको उत्तरपश्चिमी शहर तब्रिजमा रहेको सैन्य हवाई अड्डामा पनि आक्रमण भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप