इरान इजरायल तनाव
इरानको आक्रमणपछि हाइफामा क्षति छैन, पश्चिम गालिलिमा १४ घाइते
नेतन्याहूले सुरक्षा परिषद्को बैठक बोलाए
आइतबार, ०१ असार २०८२, ०३ : १७
सारांश
- इरानको आक्रमणपछि हाइफामा कुनै क्षति नभएको बताइएको छ, तर केही स्थानमा अवरोधक मिसाइलका टुक्रा भेटिए।
- पश्चिम गालिलिको एक घरमा आक्रमण हुँदा १४ जना घाइते भए, जसमध्ये एकको अवस्था गम्भीर छ।
- इरानको मिसाइल आक्रमणको प्रतिक्रियास्वरूप, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाए।
काठमाडौँ। इरानको दोस्रो लहरको आक्रमण पछि हाइफामा कुनै रकेट प्रहार नभएको र कुनै क्षति नभएको जनाइएको छ । हाइफा नगरपालिकाले इरानी मिसाइल आक्रमणबाट कुनै क्षति नभएको केही स्थानमा अवरोधक मिसाइलका टुक्रा भेटिएको जनाएको हो।
यसैबीच, इजरायली आपत्कालीन सेवाका अनुसार पश्चिम गालिलिको दुई तले घरमा आक्रमण हुँदा १४ जना घाइते भएका छन्। तीमध्ये एकको अवस्था गम्भीर रहेको आपत्कालीन सेवालाई उदृद्ध गर्दै बीबीसीले जनाएको छ ।
यता इरानको आक्रमणबिच नेतन्याहूद्वारा सुरक्षा परिषद्को बैठक बोलाएका छन्।
इरानबाट पुनः मिसाइल आक्रमण भइरहेका बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सुरक्षा मन्त्रिपरिषद्को आपतकालीन बैठक बोलाएका हुन् ।
नेतन्याहूले सुरक्षा रणनीतिहरूको समीक्षा गरेका छन्। यो बैठक इजरायलको सुरक्षा अवस्थालाई लिएर निकै महत्त्वपूर्ण मानिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण