‘इरान लामो र तीव्र युद्धका लागि तयार छ’
सारांश
- इरानी सुरक्षा अधिकारीले इरान लामो समयसम्मको युद्धका लागि तयार रहेको र आक्रमण अझ तीव्र पार्ने चेतावनी दिए।
- अधिकारीले यो युद्ध इजरायली प्रधानमन्त्री नेतन्याहूको युद्ध भएको आरोप लगाए र इजरायली शासनको विनाशबाट यसको अन्त्य हुने बताए।
- उनले इरान आफ्ना नागरिकको सुरक्षाका लागि लडिरहेको बताउँदै अमेरिकी राष्ट्रपति ट्रम्पलाई नेतन्याहूको सपना पूरा गर्न धन खर्च गर्ने कि नगर्ने भनी प्रश्न गरे।
काठमाडौँ। इरान लामो समयसम्मको युद्धको लागि पूर्ण रूपमा तयार रहेको एक इरानी सुरक्षा अधिकारीले बताएका छन् । एक वरिष्ठ इरानी सुरक्षा अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था अलजजीरासँग कुरा गर्दै, इरान लामो समयसम्मको युद्धका लागि पूर्ण रूपमा तयार रहेको र आक्रमणहरू अझ तीव्र बनाइने चेतावनी दिएका छन्।
“यो युद्ध इरानले सुरु गरेको होइन, तर यसलाई कसरी सकिने हो भन्ने निर्णय हामी नै गर्छौँ”, नाम नखुलाउने सर्तमा ती अधिकारीले भनेको अलजजीराले जनाएको छ।
उनले यो सङ्घर्षलाई इजरायली प्रधानमन्त्री नेतन्याहूको युद्ध भन्दै आरोप लगाउँदै भने, “यसको अन्त्य इजरायली शासनको विनाशबाट हुनेछ।”
अधिकारीले इरान आफ्ना नागरिकहरूको सुरक्षाका लागि लडिरहेको बताउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएका छन् “नेतन्याहूको सपना पुरा गर्न अमेरिकाले आफ्ना करदाताको धन बरबाद गर्ने कि होइन भन्ने निर्णय अब ट्रम्पले गर्नुपर्ने छ,” अलजजीराले ती अधिकारीलाई उद्धृत गर्दै लेखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण