गण्डकी प्रदेशको बजेट आज, चालु आर्थिक वर्षको भन्दा १ अर्ब घट्ने
सारांश
- गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि झन्डै १ अर्ब घटाएर बजेट ल्याउँदैछ। अर्थमन्त्री डा. टकराज गुरुङले संसदमा बजेट प्रस्तुत गर्नेछन्।
- सरकारले सांसदलाई मन्त्रालयगत सिलिङबाट बजेट बाँड्ने भएको छ, जसमा प्रत्यक्ष र समानुपातिक सांसदलाई छुट्टाछुट्टै योजना दिइनेछ। भौतिक मन्त्रालयबाट सबैभन्दा धेरै बजेट सांसदहरूले पाउनेछन्।
- आगामी बजेटमा कोरिडोर केन्द्रित कृषि उत्पादन, खानेपानी योजना र स्वास्थ्य सुधारलाई प्राथमिकता दिइएको छ।
पोखरा । गण्डकी प्रदेश सरकारले चालू वर्षको भन्दा झन्डै १ अर्ब घटाएर आगामी बजेट प्रस्तुत गर्दै छ । आज ४ बजे अर्थमन्त्री डा टकराज गुरुङले संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । चालू आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोडको बजेट ल्याएको सरकारले आगामी वर्षका लागि ३२ अर्ब हाराहारीमा प्रस्तुत गर्न लागेको हो ।
सांसदलाई मन्त्रालयगत सिलिङ चौतर्फी आलोचनापछि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गरेको सरकारले यो वर्ष मन्त्रालयगत सिलिङबाटै सांसदलाई बजेट बाँड्न लागेको छ । एक सांसदका अनुसार प्रत्यक्ष र समानुपातिक सांसदलाई छुट्टाछुट्टै सिलिङमा योजना दिइएको हो ।
स्रोतका अनुसार सबैभन्दा धेरै भौतिक मन्त्रालयबाट सांसदले बजेट पाउँदै छन् । भौतिकबाट समानुपातिकले १ करोड ५० लाख र प्रत्यक्षले २ करोड ५० लाखका योजना छान्न पाउनेछन् ।
वन मन्त्रालयले ५ लाखका योजना बाँडेको छ । समानुपातिकलाई जनही ५ लाख र प्रत्यक्षलाई १० लाखको सिलिङ छुट्टाइएको मन्त्रालय निकट स्रोतले जनायो । पर्यटन मन्त्रालयले समानुपातिकलाई २० लाख र प्रत्यक्ष सांसदलाई ४० लाख दिएको छ । सामाजिक मन्त्रालयले समानुपातिकलाई २५ लाख र प्रत्यक्षलाई ५० लाखको योजना दिएको छ ।
अरू मन्त्रालयबाट सिलिङ वितरण नभए पनि योजना चाहिँ माग गरेको छ । यसबाहेक मन्त्रीहरूको छुट्टै कोटा छ । मन्त्रालयको बजेटको आकार अनुसार मन्त्रीहरूलाई बजेट भाग लगाइएको हो ।
खानेपानीमा फोकस, कोरिडोर केन्द्रित कृषि
आगामी वर्षको बजेटमा सरकारले कोरिडोर केन्द्रित कृषि उत्पादनमा जोड दिएको छ । जलाधार र राजमार्गको कोरिडोरलाई कृषि उत्पादनमा जोड्न बजेटले सम्बोधन गर्नेछ । खानेपानीका ४ सय भन्दा बढी योजना एकैवर्ष सिध्याउने गरी बजेट व्यवस्था गरिएको सरकारले जनाएको छ । पर्यटन र पूर्वाधारमा पनि सरकारको जोड छ । बजेटले स्वास्थ्य सुधारलाई बढी प्राथमिकता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण