बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले शनिबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै कृषि तथा पशुपन्छी विकास र संस्कृति तथा पर्यटन मन्त्रालयका लागि महत्त्वपूर्ण रकम विनियोजन गरिएको जानकारी दिए ।
सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण तथा पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ६३ करोड ४२ लाख
कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले निम्न मुख्य कार्यक्रमहरू अघि सारेको छः
बजार र पूर्वाधारः सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा कृषि उपज बजार केन्द्र र आधुनिक बधशाला निर्माण गरिनेछ ।
खाद्य स्वच्छताः १६ वटा स्थानीय तहमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला निर्माण गरिनेछ ।
उत्पादन र प्रशोधनः ‘एक जिल्ला, एक कृषि उत्पादन’ पकेट क्षेत्र कार्यक्रमलाई अघि बढाइनेछ । चितवनमा गोलभेँडा र दोलखामा किवी प्रशोधन केन्द्र स्थापना गरिनेछ ।
अनुदान तथा सहुलियतः उत्पादनमा आधारित दूधमा प्रतिलिटर अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै, निक्षेप तथा कर्जा सुरक्षण कोषसँगको साझेदारीमा किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ ।
उद्योग सञ्चालनः हेटौँडामा दुग्धजन्य पदार्थ उत्पादन कारखाना र विभिन्न स्थानमा शीत भण्डार सञ्चालनका लागि बजेट व्यवस्था गरिएको छ ।
संस्कृति तथा पर्यटन मन्त्रालयको बजेट ३ अर्ब ६७ करोड ७० लाख
पर्यटन प्रवद्र्धन र सांस्कृतिक संरक्षणका लागि सरकारले महत्त्वाकांक्षी योजनाहरू सार्वजनिक गरेको छ, जसमा निम्न कार्यक्रमहरू समावेश छन्
फिल्म सिटीः दोलखाको डाँङ्डुङे डाँडालाई फिल्म सिटीका रूपमा विकास गरिनेछ । पर्यटकीय पूर्वाधारः ‘हेलम्बु ग्रेट ट्रेल’, ’किस्पाङ नौ घडेरी पर्यटन’, र ’सैलुङ मिनी ग्रेट वाल’ जस्ता नयाँ पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ ।
सङ्ग्रहालयः गोकर्णेश्वरमा राजनीतिक क्रान्ति सङ्ग्रहालय स्थापना गरिनेछ । पदमार्ग पहिचानः मकवानपुरगढी–सिन्धुलीगढी, कालिगण्डकी–कालिञ्चोक, गौरीघाट–गोसाइँकुण्ड, र रानीपोखरी–पाँचपोखरीजस्ता नयाँ पदमार्ग पहिचान गरी धार्मिक पर्यटन प्रवद्र्धन गरिनेछ ।
पर्यटन हबः चितवनलाई पर्यटनको हबका रूपमा विकास गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यस्तै सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि २५ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरेको हो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘चेपाङ चिउरी चमेर’ कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण