असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्काे फ्लाईओभरको उद्घाटन गर्ने
सोमबार, ०२ असार २०८२, ०९ : २२
सारांश
- ललितपुरको ग्वार्कोमा रहेको फ्लाईओभर चार दिनपछि सञ्चालनमा आउने भएको छ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ६ गते फ्लाईओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
- सडक विभागले स्थलगत निरीक्षण गरी सवारी सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो।
काठमाडौँ । ललितपुरको ग्वार्को स्थित फ्लाईओभर चार दिनपछि सञ्चालनमा आउने भएका छन् । फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो ।
आगामी ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाईओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन गरिने भएको हो ।
गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।
मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भए पछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण