अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
सारांश
- अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको डीएनए परीक्षण जारी छ, जसमा १२४ जनाको शव आफन्तलाई बुझाइयो।
- दुर्घटनामा घाइते भएकामध्ये ४२ जना डिस्चार्ज भए, भने दुई जनाको उपचारका क्रममा मृत्यु भयो।
- १२ जुन २०२५ मा एयर इन्डियाको विमान दुर्घटना हुँदा २ सय ४१ यात्रु र जमिनमा रहेका केही व्यक्तिको मृत्यु भएको थियो।
काठमाडौँ । अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुनाको मिलान प्रक्रिया जारी रहेको छ। मंगलबार साँझसम्म १ सय ६३ डीएनए नमुनाको परीक्षण सम्पन्न भइसकेको छ, जसमा १२४ जना मृतकको शव आफन्तलाई बुझाइएको सिभिल अस्पतालका सुपरिटेन्डेन्ट राकेश जोशीले जानकारी दिए।
उनका अनुसार रिपोर्ट आइरहेकाले यो सङ्ख्या क्रमशः बढ्नेछ। दुर्घटनाको दिन अस्पतालमा ७१ जना घाइते भर्ना भएका थिए, जसमा ४२ जनालाई डिस्चार्ज गरिसकिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
१२ जुन २०२५ मा एयर इन्डियाको बोइङ ड्रीमलाइनर विमान अहमदाबादबाट लण्डनको गैटविकका लागि उडेको एक मिनेटमै दुर्घटनाग्रस्त भएको थियो। २ सय ४२ यात्रु मध्ये २ सय ४१ जनाको मृत्यु भएको र केवल एक जना मात्र चमत्कारिक रूपमा बाँच्न सफल भएका थिए।
विमान जमिनमा खस्दा जमिनमै रहेका केही व्यक्तिहरू पनि चपेटामा परेका थिए, जसका कारण मृत्यु सङ्ख्या कम्तीमा २७० पुगेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण