शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ

बुधबार, ०४ असार २०८२, १९ : ४८
बुधबार, ०४ असार २०८२

काठमाडौँ । वैदेशिक रोजगारीको लागी युके पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले बुधबार एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–२ घर भएकी ३१ वर्षीया रमिला अधिकारी छिन् । 

उनलाई काठमाडौँको चण्डोलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उनीविरुद्ध वैदेशिक रोजगार विभागमा जाहेरी परेको थियो । उनलाई थप अनुसन्धान गर्न विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप