विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले विपद् व्यवस्थापनमा खटिन आफ्ना मातहतका समितिलाई निर्देशन दिएको छ।
मनसुनजन्य बाढी र पहिरोको बढ्दो जोखिमलाई ध्यानमा राख्दै विपद् पूर्वतयारी, उद्धार र राहतमा खट्ननिर्देशन जारी गरेको हो।
नेविसंघले यसका लागि अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। अध्यक्ष दुजाङ शेर्पाले सबै जिल्ला कार्यसमितिलाई परिपत्र जारी गर्दै असार ८ गते ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको जानकारी दिए ।
संघले प्रत्येक जिल्लामा कम्तीमा ३० सदस्यीय “विपद् पूर्वतयारी स्वयम्सेवक समिति” गठन गर्ने र उक्त समितिमार्फत बहुभाषिक सचेतना, उद्धार तथा राहत समन्वय कार्य अघि बढाउने जनाएको छ।
इच्छुक स्वयंसेवकहरूको नामावली असार १० भित्र केन्द्रीय कार्यालयमा पठाउन अनुरोध गरिएको छ। साथै, स्वास्थ्यकर्मीहरूको छुट्टै टोली परिचालनको तयारीसमेत संघले गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण