नयाँ वैकल्पिक शक्तिसँग सहकार्य र पहलकदमीको नेतृत्व गर्ने नेसपा (नयाँ शक्ति) को निर्णय
सारांश
- नेपाल समाजवादी पार्टीले नयाँ, वैकल्पिक, प्रगतिशील र लोकतान्त्रिक दलहरूसँग सहकार्यको पहल थाल्ने निर्णय गरेको छ।
- पार्टीको बैठकले राजनीतिक गत्यारोध र नागरिक वितृष्णाको निकास खोज्न यस्तो निर्णय गरेको हो।
- रास्वपा, नाउपा, जपा लगायतका दलहरूसँग सहकार्य हुनसक्ने सम्भावना रहेको बताइएको छ।
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)ले नयाँ, वैकल्पिक, प्रगतिशील र लोकतान्त्रिक राजनीतिक दलहरूसँग सहकार्यको पहलकदमी र नेतृत्व लिने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
बिहीबार बसेको नयाँ शक्तिको राजनीतिक संवाद समितिको बैठकले उक्त निर्णय गरेको हो । विद्यमान राजनीतिक गत्यारोध र नागरिक तहमा बढ्दो वितृष्णाको निकास खोज्ने उद्देश्यले बैठक बसेको उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन् ।
‘राजनीतिक समितिको नियमित बैठक हो । सुशासन, संविधान संशोधन, नागरिकका मुद्दा लगायतमा सरकार उदासीन देखिएकाले नयाँ र वैकल्पिक शक्तिहरूसँग सहकार्य गरेर अगाडि बढ्ने हो कि भनेर निर्णय गरेको हो ।
यही नै पार्टीसँग सहकार्य गर्ने भनेर किटान गरिएको छैन । तर रास्वपा, नाउपा, जपा लगायत दलहरूसँग सहकार्य हुनसक्छ । त्यसको पहलकदमी र नेतृत्व हामीले गर्ने गरी बैठकले निर्णय गरेको हो’, उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण