गुगललाई ४.१ अर्ब युरो जरिवाना लगाउने निर्णयको युरोपेली सङ्घले गर्यो समर्थन
सारांश
- गुगललाई युरोपेली संघको अदालतले ४ अर्ब १० करोड युरो जरिवाना तिराउने फैसलालाई समर्थन गरेको छ।
- प्रतिस्पर्धा मिचेको आरोपमा गुगलले एन्ड्रोइड प्रयोग गरेको र प्रतिद्वन्द्वी कम्पनीहरूलाई दबाएको आरोप लागेको छ।
- अदालतका सल्लाहकार जुलियन कोकोटले गुगलको अपिल खारेज गर्न र जरिवानाको फैसलालाई कायम राख्न सल्लाह दिए।
ब्रसेल्स । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी अल्फाबेटको सहायक कम्पनी गुगललाई युरोपेली सङ्घ (ईयू) को सर्वोच्च अदालतबाट ठुलो झट्का लागेको छ । सर्वोच्च अदालतका सल्लाहकारले गुगललाई झन्डै ४ अर्ब १० करोड युरो जरिवाना तिराउने फैसलालाई समर्थन गरेका छन् । प्रतिस्पर्धा मिचेको भन्दै आफूमाथि लगाएको सो जरिवानाको विरुद्ध गुगलले अपिल गरेको थियो ।
गुगलमाथि प्रतिद्वन्द्वी कम्पनीहरूलाई दबाउन एन्ड्रोइड प्रयोग गरेको आरोप छ । प्रतिस्पर्धीलाई ब्लक गर्न गुगलले एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टमको दुरुपयोग गरेको सात वर्ष अघि युरोपेली आयोगले आफ्नो फैसलामा भनेको थियो ।
२०२२ मा तल्लो ट्रिब्यूनलले ईयूको खोजलाई समर्थन गरेर जरिवानाको आकार भने ४ अर्ब ३४ करोड युरोबाट घटाएर ४ अर्ब १० करोड युरोमा झारेको थियो । गुगलले सर्वोच्च अदालतमा याे निर्णयलाई चुनौती दिएको थियो ।
ईयूको सर्वोच्च अदालतका सल्लाहकार जुलियन कोकोटले सात वर्षअघि गुगलमाथि लगाइएको ४ अर्ब ३४ करोड युरो जरिवानाको विरुद्धको लडाइँमा ईयूको प्रतिस्पर्धा विरोधी नियामकहरूको पक्षमा फैसला सुनाएकी छिन् ।
आफ्नो गैर–बाध्यकारी रायमा, लक्जमबर्गस्थित युरोपेली सङ्घको न्याय अदालतका जनरल काउन्सिल जुलियन कोकोटले अदालतलाई गुगलको अपिल खारेज गर्न र तल्लो न्यायाधिकरणले लगाएको कम जरिवानाको फैसलालाई कायम राख्न सल्लाह दिएका छन् ।
गुगलले प्रस्तुत गरेका तर्कहरू प्रभावहिन भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण