बीपी राजमार्गमा आजदेखि रात्रिकालीन सवारी सञ्चालनमा रोक
सारांश
- सिन्धुली जिल्ला प्रशासनले बीपी राजमार्गमा राति सवारी साधन चलाउन रोक लगाएको छ।
- मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै, आजदेखि १५ दिनका लागि यो निर्णय लागु गरिएको हो।
- यात्रु र सवारीको सुरक्षाका लागि साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गमा रात्रिकालीन समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै आजदेखि १५ दिनका लागि यो निर्णय लागू गरिएको हो।
प्रशासनले जारी गरेको सूचनाअनुसार बीपीराजमार्गको सिन्धुली, खुर्कोट हुँदै काठमाडौँतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनलाई साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
हाल देशैभरि मनसुन सक्रिय रहेकाले वर्षाका कारण जुनसुकै बेला बाढी, पहिरो जस्ता विपद्को अवस्था सिर्जना हुन सक्ने भन्दै यात्रु तथा सवारीको सुरक्षाका लागि यस्तो निर्णय लिइएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
शुक्रबार बसेको काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकको निष्कर्षको आधारमा यो निर्णय गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण