बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निबन्ध

रातोपाटीको रातो कार्पेटमा

शनिबार, ०७ असार २०८२, १६ : ००
शनिबार, ०७ असार २०८२

सारांश

  • लेखकले जेठको मौसमको अनिश्चितता र त्यसका कारण उत्पन्न हुने मानसिक अवस्थाबारे चर्चा गरेकी छिन्।
  • रातोपाटीको १२औँ वार्षिकोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति र कार्यक्रमको अनुभव समेटिएको छ।
  • कार्यक्रम स्थलमा विभिन्न व्यक्तिहरूसँगको भेटघाट, साहित्यिक कुराकानी, र घर फर्कने हतारोको अनुभव प्रस्तुत गरिएको छ।

जेठको आकाश अविश्वासिलो लाग्दै छ । कुन बेला असार बर्सिन्छ थाहै छैन । अचम्मको छ यो वर्षको मौसम । कहिले जाडो सकियो भनेर थन्क्याएको सिरक झिक्नुपरेको छ त कहिले लगाएका लुगा फुकालेर फ्याँक्नुपर्ने अवस्था छ । एउटै महिनामा पृथक्–पृथक् छ मौसम । घाम लाग्दा सम्पूर्ण पृथ्वी गल्छ जस्तो लाग्छ । यस्तो लाग्छ, अब मान्छेको मृत्यु गर्मीकै कारण हुँदै छ । सम्झिन्छु इरान र इजरायलको युद्ध । ती त्रासदिपूर्ण समाचार हेर्नै छोडेकी छु । जति जति आतङ्क र युद्धका समाचार सुन्छु, हेर्छु मेरो निद्रा भाग्छ मोर्चामा, मलाई तनाव छाडेर ।

मनभरि प्रश्न उठ्छ, अबको युद्ध केका लागि हो ? पानी, पेट्रोल, जङ्गल, हिमाल के के चाहन्छ मान्छे आफ्नो अधीनमा । गम खान्छु, मानवता गुमाएर के खोज्दै छ मान्छे विनाशमा । यही चाला हो भने त सृष्टिको आयु सक्किन केही बेर छैन । पशुपतिमा विरुपाक्षको मूर्ति पूर्ण कदमै निस्किसक्यो जस्तो छ । मनमा यस्तै विचार दौडिँदै छन् । म भने पसिनाले नुहाएकी छु । मुटुको धड्कन तेज भएको छ । अनौठो किसिमको छटपटी महसुस गर्दै छु । लाग्छ भाउन्न भएर लड्छु कि क्या हो । हात थर्थर काम्दै छन् । बान्ता आउलाजस्तो भएको छ ।

गाडीको झ्यालबाट दृष्टि फाल्छु क्षितिजतिर । पक्कै पानी ओइरिन्छ अब । कालो निलो भएर बादल मडारिएको छ । डराएको मन लिएर ग्वार्को चोक झर्छु । कालो छ आकाश । आकाश हेर्दै हतारहतार इमाडोल जाने बाटोतिर लाग्छु । छाता बोक्न बिर्सिएछु । रोयल ट्युलिप होटल बाटैबाट देखियो । ढुक्क हुन्छु नजिकै रहेछ गन्तव्य । ग्वार्कोमा बन्दै गरेको आकाशे पुलमुनि हिँड्दै छु । भीड छ बाटोभरि । गाडी कति हुन कति ! अफिस, कलेज, स्कुल छुट्टी भएको समयमा उभिएकी छु । मोटरसाइकल उस्तै प्याँ–प्याँ र पुँ–पुँ गर्दै सडकभरि जाम खाएका छन् । कल्पना गर्छु, यही रफ्तारमा गाडीहरू बढ्दै जाने हो भने आकाशे पुल त के आकाश पनि भरिन्छ होला कुनै दिन मोटर र मान्छेले । मेरो कुरा सुनेर आकाश पनि समर्थन जनाउँदै आफ्नो गुम्सिएको छातीबाट आँसुका थोपा प्याट्टपुट्ट गरेर झार्न थाल्छन् ।

घडी हेर्छु ४ बज्न अझ बाँकी छ । ४ बजे भेट्ने समय तोकिएको छ । रोयल ट्युलिप होटल जाने बाटोमा उभिएर भारती दिदीलाई फोन गर्छु, ‘दिदी हजुर कता हो ? म त आएँ त ?’ दिदी त भर्खर हिँड्न थालेको जानकारी दिनुहुन्छ । अनि फेरि हेम सरलाई फोन गर्छु । १०–१५ मिनेटमा आइपुग्ने जानकारी दिँदै भन्नुहुन्छ, ‘इमाडोलतिर गएर बस्दै गर्नु न, त्यहाँ सडकमा घुइँचो होला ।’ यति भनेर सरले फोन राख्नुभयो । म पनि इमाडोलतिर लागेँ ।

कसरी घर फर्कने ? साँझ परेपछि गुँड त सम्झनैपर्‍यो, गाडी पाइएला त राति ! म आफैँसँग बोल्दै थिएँ । कसैले काँधमा धाप मारेको आभास भयो ।

५ बजे हामीलाई पुग्नु छ रोयल ट्युलिप होटल । साथी मिरमाले निमन्त्रणा गरेकी छन्, रातोपाटीको तर्फबाट । जेठ २७ गते रातोपाटी १२ वर्ष पूरा गरेर १३ वर्षमा उक्लिएको सुन्दर अवसर छ । मुख्य अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ । कार्यक्रम समयमा सुरु होला कि नहोला भन्ने चिन्ताको मदानी घुम्दो छ । समयमा आउलान् त प्रधानमन्त्री ? शङ्काको बादल आकाशको बादलभन्दा पनि कालो भएर उठ्छ । 

कसरी घर फर्कने ? साँझ परेपछि गुँड त सम्झनैपर्‍यो, गाडी पाइएला त राति ! म आफैँसँग बोल्दै थिएँ । कसैले काँधमा धाप मारेको आभास भयो । पछाडि फर्किएर हेर्छु, कोही छैनन् । आफ्नै मनले पो मलाई धाप मार्न आएको रहेछ, ‘चिन्ता नगर ८ बजे कार्यक्रम सकेर हिँडिस् भने पनि सजिलै घर पुगिहाल्छेस् । सार्वजनिक यातायात नपाए पठाओमा जालिस् । कति चिन्ता लिएकी । जुन कामका लागि आएकी छस्, त्यो काममा केन्द्रित बन् । आनन्दमा रमाउन सिक् ।’ मनको सल्लाह मन पर्छ मलाई । अनि ढुक्कको पाइला चाल्दै अगाडि बढ्छु । 

अलि तल पुगेपछि एउटा पसलअगाडि चुटुक्क परेको ठाउँ देख्छु । मार्बल लगाएको त्यो ठाउँ सुन पसलको छेउमै छ । दिदी र सरलाई कुर्दा समयको सदुपयोग गर्न मन लाग्छ । अनि बिहान भर्खरै पढेर सकेको उपन्यास सम्झिन्छु । बीपी कोइरालाको नरेन्द्रदाइ । मलाई हायल–कायल पारेको छ उपन्यासले । अनि सोही उपन्यासको पाठकीय प्रतिक्रिया लेख्न सडकमै थाल्छु । मलाई नरेन्द्रदाइका पात्रले बिथोलेका छन् । सम्झिन्छु कोही निरन्तर आफूलाई खन्याएर पनि कसरी पूर्ण हुन्छ (गौरी), कोही जताबाट पनि लिइरहँदा किन भिखारी हुन्छ (नरेन्द्र) । मलाई गौरी पात्रलाई बुझ्न बडो सकस पर्‍यो । मान्छे कसरी त्यो किसिमको क्षमाशील हुन्छ । मुनरिया, गौरी र नरेन्द्रबिच म हराउँदै थिएँ, भारती दिदीको फोन आयो । दिदी त ग्वार्को चोकमै मलाई खोज्दै हुनुहुँदो रहेछ । 

मेरो फोनमा राधिका कल्पित दिदीको कल आयो । हतारिएर घडी हेरेँ । अहो ! अब त जानु पनि पर्ला भन्दै हामी तयार भयौँ । दिदीलाई बडो कष्ट भयो लोकेसन पत्ता लगाउन ।

दिदी–बहिनी भेट भएपछि नजिकैको पुल तरेर हामी पारि गयौँ । फोनमा कुरा गर्दागर्दै हेम सर पनि टुप्लुक्क आइपुग्नुभयो । ग्वार्कोचोकको धुलोबाट बच्न केहीबेर त्यहीँ बसेर साहित्यिक कुराकानी गर्ने भन्ने सल्लाहलाई शिरोधार्य गर्दै हामी अझ अगाडितिर लाग्यौँ ।

नजिकै देखियो एउटा मिठाई पसल । तिनैजना मिठाइ पसलभित्र छिरेर इलामको मिठाई पो खान थाल्यौँ । हेम सर भर्खरै इलामबाट आउनुभएकाले इलामको मिठाई खाँदै गफमा भुल्यौँ । अब इलामको मिठाईले मात्र काम चल्नेवाला थिएन । होटलभित्र छिरेपछि त केही न केही खानैपर्‍यो । पानी पिउँदै निकैबेर इलाम यात्राका केही रमाइला किस्सा सुन्दै हामीले सोही होटलबाट अर्डर गरेर रसमलाही पनि खायौँ । 

मेरो फोनमा राधिका कल्पित दिदीको कल आयो । हतारिएर घडी हेरेँ । अहो ! अब त जानु पनि पर्ला भन्दै हामी तयार भयौँ । दिदीलाई बडो कष्ट भयो लोकेसन पत्ता लगाउन । म पनि उस्तै हडबडे दिदीको पूरा कुरा नसुनी बोल्दिरहेछु । मलाई त लाग्यो, दिदी ग्वार्को चोकमै आइसक्नुभयो । 

हामी अब कार्यक्रम स्थलतिर लाग्यौँ । गुण सिनेमा हलमै निर्माण भएको रोयल ट्युलिप होटलको पार्किङ जोनमा छौँ । गुण समूह सम्झिँदा पनि मन कटक्क खान्छ गुण को–अपरेटिभको कारनामा सम्झेर । कतिका पैसा डुबेको थियो सर्वसाधारणको । मैले पनि निकै भुक्तमान खेपेकी थिएँ गुण को–अपरेटिभको । धन्न मास्टरको कमाई जोगियो । कुनै दिन एउटा लामो लेख लेख्नुपर्ने जिम्मेवारी सम्झायो आज गुण सिनेमाको नयाँ रूपले ।

उज्यालो आँखाले हेर्छु वरपरसम्म । सेतो पहिरनमा एउटा चिरपरिचित नारी स्कुटर राख्दै गरेको देख्छु । नजिकै गएपछि हामी सबै एकै आलिङ्गनमा बेरियौँ । आख्यानकार उमा सुवेदी हुनुहुँदो रहेछ । अब हामी सबै हिँड्दै छौँ, ट्युलिपको आँगनमा । गीता रेग्मी दिदी र राधिका दिदी हाम्रो प्रतीक्षामा स्वागतद्वार नजिकै उभिनुभएको छ । 

सुरक्षा गार्ड सँगसँगै नेपाल पुलिसका जवान पनि उभिएका छन् । रातो कार्पेट छ बाटोदेखि नै । केपी बाका लागि होला भन्दै छ मेरो मन । आफू त अघि भर्खर कच्याक्कच्याक् हिलोमा जाकिँदै आएकी छु । बनाउँदै भत्काउँदै गरेको ग्वार्कोको सडकको सकस सम्झिँदा रातो कार्पेट पनि म कालो देख्छु । 

भव्य छ, सम्पूर्ण व्यवस्थापन । टलटल छ होटलका कुनाकाप्चा । क्रिस्टलका झुमरहरूमा प्रतिविम्बित छ प्रकाश । सिलिङतिर पनि उस्तै कला कुँदिएका ।

स्वागतको मिठो मुस्कानले हामीलाई पनि तान्यो प्रधानमन्त्री र मन्त्री हिँड्ने रातो कार्पेटमा । मन भारी पारेर हिँड्दै छु हिलो खुट्टा लिएर रातोपाटीले ओछ्याएको रातो कार्पेटमा । भव्य छ होटलको संरचना । भुइँ तलाको ठुलो हलतिर पस्छौँ हामी । एसीको चिसोले पलभरमै हाम्रो शरीरको सम्पूर्ण पसिना सोच्छ । आनन्दका आँखा चारैतिर डुल्न थाल्छन् । ठुलाठुला झुमर छन् त्यो भव्य कोठामा, पेन्टिङ उस्तै । कतै काठमाडौँ सहरको नमुना हेर्न मिल्ने भित्ता छन् । कलात्मक ती भित्तामा ढुङ्गेधारा पनि जीवन्त देखिएको छ । सफा र सुन्दर वातावरणमा हामी कार्यक्रम स्थलतिर मोडिन्छौँ । 

गीतादिदी रातो कार्पेटमा हिँड्दै गर्दा मैले दिदीको भिडियो बनाइदिएँ, दिदी दङ्ग । अतिथिहरू आउने क्रम जारी छ । एक तलामाथि पुगेपछि अतिथिहरूको फोटो खिच्ने बडो सुन्दर फ्रेम रहेछ । हामीहरू पनि त्यहीँ फ्रेममा कैद भयौँ ख्याच्... ख्याच्... ख्याच्... । हामीलाई पनि आ–आफ्नो मोबाइलबाट फोटो खिच्न मन त थियो तर रातोपाटीका फोटोग्राफरले खिचेको फोटोले चित्त बुझाउँदै अझ अगाडि बढ्छौँ । 

भव्य छ, सम्पूर्ण व्यवस्थापन । टलटल छ होटलका कुनाकाप्चा । क्रिस्टलका झुमरहरूमा प्रतिविम्बित छ प्रकाश । सिलिङतिर पनि उस्तै कला कुँदिएका । ठुलाठुला ब्यानरमा लेखिएका छन्, रातोपाटीबारेका सूचना र आजको विशेष कार्यक्रमको जानकारी । शिशाका ग्लास यति मिलाएर राखिएको छ कि प्रकाशका किरणहरू ती ग्लासमा ठोक्किएर हामी उभिएको ठाउँसम्म आएर झलझलाकार देखिएको छ । चिया पिउने ठाउँमा अलि गर्मी छ, सायद उम्लिएको चिया–कफीले होला । 

केहीबेर बाहिरै बसेपछि हामी आफ्नो ब्यागको चेन खोल्दै देखाउँछौँ सुरक्षा गार्डलाई । ब्याग खाली देखेर सहजै पस्न दिन्छन् हामीलाई तर देख्दैनन् सुरक्षा गार्डले हृदयभित्रको विद्रोही हतियार । राजनीतिक विकृति र विसंगतिले निर्माण गरेको बम बारुद । भित्र ठुलो हलमा हाम्रो प्रवेश हुन्छ । अगाडिको दोस्रो लहरमा हामी बस्न पुग्छौँ । चिरपरिचित व्यक्तित्वहरू आँखैअगाडि आउँदा कति कति बेला त नाम पनि भुलेर ओठ मात्र खोल्दै नमस्कारका हात जोड्छौँ । 

अहिले हामी एउटा ठुलो टेबुलमा घेरिएर बसेका छौँ । प्रधानमन्त्रीदेखि मन्त्रीहरू, नेतादेखि अभिनेता, कूटनीतिज्ञदेखि प्रशासनका उच्च पदस्थ कर्मचारीको आगमन छ । सांसद, साहित्यकार, शिक्षक, प्राध्यापक, साधुसन्तदेखि सचेत नागरिक भेला हुँदै छन् । हाम्रो टेबुलमा साहित्यिक गफ जमेको छ । निकै रमाइलो छ छलफल । लेखन, पठन, यात्रादेखि नयाँ कृतिको चर्चा चुलिँदै छन् । एसीभित्र छौँ चिसोको अनुभव हुनासाथ चियाको याद आउँछ अनि चियाको चुस्की लगाउन पुनः बाहिर निस्किन्छौँ । चिया, कफी र कुकिजसँगै केहीबेर हामी बाहिर रमाउँछौँ र पुनः भित्र आउँछौँ ।

गुलाबी रङको कुर्तामा मधुर मुस्कान लिएर आउँदै गरेका गुरु रमेश नेपाललाई देख्दा परिवारकै कोही हितैषी भेटेको प्रतीत हुन्छ । गीता दिदी र म उठेर रमेश सर नजिकै जान्छौँ । मेरो मुखबाट निस्किन्छ, ‘प्रणाम गुरु हरेक दिनको सुरुवात हजुरलाई सुनेर आरम्भ हुन्छ । आज यसरी भेट्दा निकै खुसी लागेको छ ।’ प्रशान्ती हाँसो मात्र छर्नु हुन्छ रमेश गुरु । हामी गुरुसँग फोटो लिन पाएर दङ्गिएका छौँ जीवन विज्ञानको मर्म बुझेर ।

नेताजीहरू देखिँदै हुनुहुन्छ वरिपरि । शिक्षामन्त्री रघुजी पन्त, डा. बाबुराम भट्टराई, योगेश भट्टराई, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, रमेश लेखक आदिको आगमन हुँदै छ । सोहीबेला मिरमाको फोन बज्यो, डा.रजनी ढकाल म्यामको रहेछ । 

हामी बाटोको छेउमा छौँ । बडो शान्त भावमा केपी ओली हिँड्दै छन् । हामीले पनि प्रधानमन्त्रीको आगमनमा उठेर स्वागत गर्‍यौँ । मिठो मुस्कानसहित प्रधानमन्त्रीका चतुर आँखाले आत्मीयता दर्शायो ।

डा. डाक्टर रजनी ढकालको आगमनले हामीलाई अझ धेरै खुशी तुल्यायो । रजनी ढकालको सालीन व्यक्तित्व हाम्रै टेबलमा आएर बस्छ । हातमा रातोपाटीको डायरी पनि लिएर आउनुभएको छ । केहीबेरमा दीपक भिनाजुको पनि आगमन भयो, उहाँको हातमा पनि डायरी छ । हामी लोभियौँ हाम्रो हातमा छैन । अनि मिरमा हाम्रा लागि पनि डायरी लिन बाहिरपटि दगुर्छिन् । हामीले लिन भुलेका रहेछौँ, हात लाग्यो डायरी ।

रमाउँदै बसेको पनि करिब–करिब एकाध घण्टा बित्यो । प्रधानमन्त्री ७ बजे आउने समय छ । मन अब हतारिन थाल्यो । सात बजे भनेर ८ बजेसम्म आएनन् भने ! यसरी मान्छेलाई कुराउन खप्पिस हुन्छन् ठुला मान्छे । नेपालमा समयमा केही कुरा सम्पन्न हुँदैनन्, सबैको समय महत्त्वपूर्ण छ, समयको कदर हुनुपर्छ । अमूल्य समय कसैलाई कुर्नुमा बिताउने नेपाली संस्कारको विरोध हुनुहुन्छ । हामी कुरा गर्दै थियौँ, झट्ट देखियो स्क्रिनमा प्रधानमन्त्रीको आगमन । लौ उल्का भयो ७ बजे आउने भनेका प्रधानमन्त्री ६ः३० मै आइपुगे । अपेक्षाभन्दा बढी प्राप्ति भयो ।

हामी बाटोको छेउमा छौँ । बडो शान्त भावमा केपी ओली हिँड्दै छन् । हामीले पनि प्रधानमन्त्रीको आगमनमा उठेर स्वागत गर्‍यौँ । मिठो मुस्कानसहित प्रधानमन्त्रीका चतुर आँखाले आत्मीयता दर्शायो । चिनेको आँखाले मलाई नियाले जस्तो लाग्यो । हामीले नमस्कार अर्पण गर्‍यौँ, निकै निकटबाट । हाम्रो टेबुलमा हाँसो फैलियो । भारती दिदीले भनिहाल्नुभयो, ‘केपी बाले अनितालाई चिनेजस्तो छ । कतै पढ्छन् कि के हो अनिताको लेख ।’ हामी सबै एकैचोटि हाँस्यौँ । 

कार्यक्रम अब औपचारिक रूपमा आरम्भ भयो । पानसमा दीप बालेर ज्ञानको ज्योति छर्ने संकल्प आज पनि पूरा भयो । स्वागत मन्तव्यसहित वक्तालाई छोटो बोल्न रातोपाटीका संस्थापक प्रधानसम्पादकले अनुरोध नै गरे । साँच्चै माइक पाएपछि बोलेको बोल्यै गर्ने प्रवृत्ति कति दिक्कलाग्दो हुन्छ । नारायणकाजी श्रेष्ठले निकै छोटो मन्तव्य दिए तर गहिरो थियो भाव । डा. बाबुराम भट्टराईले पनि रातिपाटीको उत्पत्ति कथासँगसँगै निकै छोटो र मिठो मन्तव्य दिए । अब पालो आयो केपीबाको । अहो ! बडो सालीन र बौद्धिक अभिव्यक्ति दिए । म त छक्क परेँ, उनको वाक्पटुता देखेर । कति सिलसिलाबद्ध, कति जोडिएको एक अर्को भनाइ । नकारात्मक भावना जागृत गर्न साँच्चै अभ्यास गर्नुपर्दैन, आफसे आफ हुन्छ । नराम्रो कुरा आफैँ फैलिन्छ तर राम्रो कुरा टिप्न पनि अभ्यास नै चाहिन्छ । डा. राजेन्द्र विमल सरको प्रसङ्ग उठाउँदै जनकपुरमा सम्पन्न दीक्षान्त समारोहमा घटेको घटनासँग कुरा जोड्दै पत्रकारिताका बारेमा बडो सोचनीय प्रसङ्ग उनले उठाए । मित्रताको पनि उदाहरण दिँदै आफ्नो मनको तितो पनि पोखे । हामीले प्रधानमन्त्रीको बोलीपिच्छे ताली पड्काउन भुलेनौँ । खुसी हुँदाहुँदै मेरो मन खिन्न भयो । यति सचेत, संवेदनशील र सहयोगी प्रधानमन्त्री हुँदाहुँदै किन नेपाली जनताले सुखको आकाश ओढ्न पाएनन् । मन, वचन र कर्म किन एउटै रेखामा हिँड्दैन । हाम्रा नेताहरू अज्ञानी को छन् ? बोल्न थालेपछि ज्ञानगङ्गा बाहिर निस्किन्छ तर किन निराश छन् जनता । नेताहरूको मुहारमा देश रोएको बडो नराम्रो दृश्य देख्न थालेँ । मलाई नेताहरू बहुरङ्गी लाग्न थाले । किन आफ्नो शक्ति र सामथ्र्यको उचित प्रयोग भएन । अझ कति कुर्नु ? मलाई मेरा सन्ततिहरूको माया लागेर आयो, जब देशको सिङ्गो चित्र नेताजीहरूको मुहारमा देखेँ । दुःखको पीरले मलाई न्याक्न थाल्यो । 

मन पिरोलिँदै गर्दा कार्यक्रम सम्पन्न भयो, कार्यकम निकै उत्कृष्ट बन्यो । छोटो समयमा निकै व्यवस्थित कार्यक्रम भयो । प्रधानमन्त्रीको हातबाट रातोपाटीको जन्मदिनको केक पनि काटियो । राधिका दिदी निकै हतार गर्दै बाहिरिनुभयो । मलाई बडो खल्लो लाग्यो, अब घर फर्किने हतारले सबैलाई छोप्न थालिसकेको छ । बाहिरको चमकदमक क्षणिक हुन् आफ्नै घरको उज्याला भित्ता नै तृप्तिकर हुन्छन् । मलाई अलि ज्यादै हतार भयो, आफ्नै गृह पुग्न । 

हेर्छु अझ रमाइरहेका आँखा उठाएर । हामीभन्दा पल्लो लाइनमा बसेका छन् वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य । उहासँग अभिवादनमा हात जोड्दै थिएँ । उहाँले भन्नुभयो, ‘म पढ्छु बहिनीका लेखहरू । राम्रो लाग्छ ।’ 

म खुसीले भरिएँ र प्रतिउत्तरमा बोलिहालेँ, ‘म पनि हजुरको पछिल्ला भिडियोहरू हेर्छु नातिनीसँगको । निकै उत्कृष्ट छ ।’ कति सरल कलाकार, कतै छैन अहंकार । मैले हरिवंशलाई बारम्बार नमन गरेँ । अझ अघि हुनुहुन्छ अरुण स्वामी, परैबाट नमन गरेँ । अब हतारका पाइला चाल्नु छ । स्न्याक खाने फुर्सद छैन । सोझै खानाको लाइनमा पसेर गमागमा दालमखनी र तातो माम खाएर हिँड्नै लागेकी थिएँ । दीपक भिनाजू, गीता दिदी र हेम सरले एकैचोटि मुख मिठो पारेर जाने सल्लाह दिनुभयो । मुख मिठो पारेँ सिकर्नीले । राधिका दिदीलाई हतारको बाढीले अघि नै बगाइसकेको थियो । आधा घण्टा बसेको भए त दिदी–बहिनी कलंकीसम्म सँगै निस्किनु हुन्थ्यो । अँध्यारो रात पोखिएको बाटोभरि मेरा पाइला दगुरेका छन् उज्यालो भएर ।

(२०८२–२–३०)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिता कोइराला
अनिता कोइराला
लेखकबाट थप