इरान–इजरायल तनाव चुलिँदै जाँदा सयौँ अमेरिकी नागरिक इरानबाट भागे
सारांश
- इरान र इजरायलबीचको तनावका कारण सयौं अमेरिकी नागरिकले इरान छाडेका छन्।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिक कारबाहीबारे विचार गरिरहँदा इरानमा रहेका अमेरिकी नागरिक जोखिममा परेका छन्।
- इरानमा अमेरिकी कूटनीतिक उपस्थिति नहुँदा उद्धार सेवा दिन र नागरिकलाई बाहिर निकाल्न कठिन छ।
तेहरान । इरान र इजरायलबिचको चर्किँदो तनावका बिच सयौँ अमेरिकी नागरिकले इरान छाडेको अमेरिकी विदेश मन्त्रालयको एक आन्तरिक रिपोर्टले खुलासा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित सैनिक कारबाहीबारे विचार गरिरहँदा शुक्रबार जारी गरिएको स्थिति रिपोर्टले इरानमा रहेका अमेरिकी नागरिकहरू जोखिममा रहेको सङ्केत गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले विदेशमा रहेका आफ्ना नागरिकलाई अनिवार्य रूपमा दर्ता गर्न बाध्य नपार्ने हुँदा इरानमा कति अमेरिकी नागरिक छन् भन्ने स्पष्ट आँकडा छैन । इजरायलमा अमेरिकी नागरिकका लागि उद्धार तथा बाहिर जान यातायातको वैकल्पिक व्यवस्था गरिए पनि इरानमा भने त्यस्तो कुनै विकल्प उपलब्ध छैन। अमेरिका इरानमा कूटनीतिक उपस्थिति नरहेको अवस्थामा त्यहाँबाट आफ्ना नागरिकलाई उद्धार गर्न सजिलो छैन।
विदेश मन्त्रालयकी प्रवक्ता ट्याम्मी ब्रुसले शुक्रबारको पत्रकार सम्मेलनमा भनिन्, ‘इरानबाट अमेरिकी सरकारको प्रत्यक्ष सहयोगमा उद्धार सेवा उपलब्ध गराउने हाम्रो तत्काल योजना छैन।’ रिपोर्टमा केही अमेरिकी नागरिकहरू इरानबाट निस्कन सङ्घर्षरत रहेको उल्लेख गरिएको छ। यस्तो अवस्थाले इरानमा रहेका अमेरिकीहरू थप सङ्कटमा पर्न सक्ने चिन्ता बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण