ट्रम्पले इरानलाई आणविक हतियार बनाउनबाट रोके : नेतन्याहु
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा आक्रमण गरेकोमा बधाई दिए।
- नेतान्याहूले ट्रम्पको कदमलाई 'इतिहास बदल्ने' र इरानलाई आणविक हतियार बनाउनबाट रोक्ने कदम भने।
- ट्रम्पले इरानको आणविक सुविधा ध्वस्त पारेको र इरानलाई शान्तिको बाटोमा फर्किन आग्रह गरेका थिए।
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । अमेरिकाले इरान भित्रका आणविक स्थलहरूमा बम खसालेपछि यो बधाई आएको हो ।
नेतान्याहूले भने, ‘धन्यवाद राष्ट्रपति ट्रम्प, तपाईंले इरान भित्रका आणविक स्थलहरूमा आक्रमण गर्ने कडा कदम चाल्नुभएको छ। यसले इतिहास बदल्नेछ ।’ अमेरिकाले इरानलाई आणविक हतियार बनाउनबाट रोकेको उनलको भनाइ छ ।
इजरायलले ‘अपरेशन राइजिङ लायन’अन्तर्गत इरानमा धेरै प्रभावकारी आक्रमण गरेको तर अमेरिकी आक्रमण साँच्चै अतुलनीय भएको उनले बताए । अमेरिकाले शनिबार राती गरेको काम संसारको कुनै पनि देशले गर्न नसक्ने पनि उनले भने । राष्ट्रपति ट्रम्पले विश्वको सबैभन्दा खतरनाक शासनलाई विश्वको सबैभन्दा खतरनाक हतियारबाट टाढा राख्न आवश्यक कदम चालेका थिए भने सारा संसारले याद राखने पनि उनले बताए ।
अमेरिकी सेनाले इरानको आणविक सुविधा ध्वस्त पारेको शनिबार राति अमेरिकालाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए । इरान अब शान्तिको बाटोमा फर्कनु पर्ने पनि यस क्रममा उनले बताएका थिए । ट्रम्पले आफ्नो साहसिक निर्णयले इतिहास बदल्ने नेतन्याहूले बताए । शान्ति शक्तिबाट आउने कुरा आफू र ट्रम्प दुबैले भन्दै आएकोमा पनि उनले जोड दिए । ‘पहिले शक्ति आउँछ, त्यसपछि शान्ति आउँछ ।’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण