बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाले इरानमाथि आक्रमण गर्दा के गर्दै थिए ट्रम्प ?

आइतबार, ०८ असार २०८२, १० : ३८
आइतबार, ०८ असार २०८२

सारांश

  • अमेरिकाले इरानका तीन आणविक स्थलहरूमा आक्रमण गरेको छ, जसमा फोर्डो आणविक केन्द्रमा ठुलो क्षति पुगेको छ।
  • अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमण सफल भएको र इरानले युद्ध अन्त्य गर्नुपर्ने बताएका छन्, साथै ह्वाइट हाउसबाट सम्पूर्ण कारबाहीको निगरानी गरिएको थियो।
  • बी-२ स्टील्थ बमवर्षक प्रयोग गरी फोर्डोस्थित भूमिगत आणविक स्थलमा आक्रमण गरिएको थियो र ट्रम्पले शान्तिको लागि इरानलाई आह्वान गरे।

वासिङ्टन डीसी । अमेरिकाले इरानका तीन आणविक स्थलहरूमा आक्रमण गरेको छ । यी आक्रमणहरू पछि अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमणहरू सफल भएको र फोर्डो आणविक केन्द्रमा ठुलो क्षति पुगेको बताएका छन् । 

फोर्डाेमा रहेको प्लान्टलाई इरानको आणविक कार्यक्रममा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ ।  अमेरिका, इजरायल र सम्पूर्ण विश्वको लागि यो एक ऐतिहासिक क्षण भएको र इरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्ने पनि उनले बताए । 

ट्रम्प के गर्दै थिए ? 
त्यतिबेला ट्रम्पले सम्पूर्ण कारबाहीमाथि नजर राखिरहेको बताइएको छ । ह्वाइट हाउसको सिचुएसन रुममा बसेर ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्काे रुबियो आदि उच्च पदस्थ अमेरिकी अधिकारीले सम्पूर्ण कार्यको निगरानी गरे । ह्वाइट हाउसले यससँग सम्बन्धित तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरेको छ । 

अमेरिकाले इरानको आणविक स्थलहरूमा आक्रमण गर्न बी–२ स्टील्थ बमवर्षक प्रयोग गरेको थियो । यी बमवर्षकहरू बङ्कर बस्टर बमहरूले सुसज्जित थिए, जसले फोर्डाेमा अवस्थित इरानको भूमिगत आणविक स्थलमा ठुलो विनाश निम्त्याएको बताइएको छ ।

इरानसँग अझै पनि शान्तिको बाटोमा फर्कने समय भएको ट्रम्पले बताएका थिए । शान्ति भएन भने विनाश हुने भन्दै उनले सबै निशानाहरूमा आक्रमण भइनसकेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप