मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल

आइतबार, ०८ असार २०८२, १४ : ०९
आइतबार, ०८ असार २०८२

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेको बताए।
  • मन्त्रीका अनुसार नयाँ विमान खरिद गर्नुभन्दा लिजमा लिएर जहाज सञ्चालन गर्नेबारे छलफल भइरहेको छ, किनकि खरिदमा पारदर्शिताको प्रश्न उठ्ने सम्भावना हुन्छ।
  • नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान क्षमता कम भएको र बीमा रकममा देखिएको भिन्नतालाई सम्बोधन गर्न कानुन बनाइने तयारी छ।

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेको बताएका छन् । 

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पाण्डेले अहिले नै नयाँ विमान खरिद गर्नुभन्दा पनि लिजमा लिएर जहाज सञ्चालन गर्नेबारे छलफल भइरहेको बताए । उनले हरेक विमान खरिद गर्दा पारदर्शीताको प्रश्न र काण्डहरू आउने गरेकाले पारदर्शीतालाई सुनिश्चित गर्न संयन्त्र नै खडा गर्नुपर्ने देखिएको जिकिर गरे । 

मन्त्री पाण्डेले अहिले नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय यात्रु ल्याउने लैजाने क्षमता १० प्रतिशतमात्रै रहेको र ९० प्रतिशत यात्रु बाहिरका एयरलाइन्सबाट यात्रा गरिरहेको उल्लेख गरे । यसका कारण हवाई भाडामा एकरूपता कायम गर्न नेपाल एयरलाइन्सले मात्रै भाडा घटाएर वा बढाएर सम्भव नदेखिएको उनको भनाइ छ ।

त्यस्तै मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडानको दुर्घटनामा यात्रुहरूले पाउनुपर्ने बीमाको रकम र स्वदेशी दुर्घटनामा परेका यात्रुहरूले पाउने बीमामा धेरै अन्तर रहेकाले त्यसलाई न्यायोचित गर्न आवश्यक कानुन ल्याउने तयारी भइरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप