अकाशे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य
सारांश
- अरुण गाउँपालिकामा सिँचाइ कुलो निर्माण सम्पन्न भई किसानलाई आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ।
- स्वीस सरकार र स्थानीय सरकारको साझेदारीमा सिँचाइ कुलो निर्माण भइरहेको छ, जसले कृषिमा प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
- हङ्ग्रायो खोला-बाह्रसिङ्गे सिँचाइ आयोजना लगायतका योजनाहरूले सुक्खा क्षेत्रका किसानलाई राहत पुर्याएको छ।
भोजपुर। यहाँको अरुण गाउँपालिकामा निर्माणाधीन आठ वटा सिँचाइ कुलामध्ये चार वटा सम्पन्न भई सञ्चालनमा आएपछि किसानलाई अकाशे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीका अनुसार अरुण गाउँपालिकामा साना सिँचाइ कार्यक्रममार्फत स्थानीय, प्रदेश, केन्द्र, स्वीस सरकार र स्थानीयवासीको जनसहभागितामा सिँचाइ कुलो निर्माण भइरहेको छ ।
“स्वीस सरकारको ३० प्रतिशत, स्थानीय, प्रदेश, केन्द्र सरकारको २०–२० प्रतिशत र स्थानीयको १० प्रतिशत जनश्रमदानसहित साझेदारीमा सिँचाइ कुलो निर्माण भइरहेको छ”, उनले भने, “सिँचाइका माध्यमबाट कृषिमा प्रोत्साहन गर्ने हाम्रो लक्ष्य छ । सिँचाइको व्यवस्था भएपछि धान, मकैलगायतका बालीसँगै किसानलाई तरकारी तथा फलफूलखेतीमा लाग्न सहयोग पुग्ने छ ।”
सबै सिँचाइ कुलोमा गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी मात्र रु ७१ लाख रकम विनियोजन भएको जिमीको भनाइ छ । यहाँ पक्की कुलो निर्माण भएपछि पानीको चुहावट हुने समस्याबाट किसानमुक्त हुनेछन् ।
अरुण गाउँपालिका–७ मा हङ्ग्रायो खोला–बाह्रसिङ्गे सिँचाइ आयोजना सम्पन्न भएर सञ्चालन आएपछि किसानलाई राहत मिलेको वडाध्यक्ष कुमार थापाले बताए । यसले यहाँ सुक्खा क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उनी बताउँछन् । वडाले सुक्खा क्षेत्रमा पानी सञ्चित पोखरी निर्माण गरेर सिँचाइ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
हङ्ग्रायो खोला–बाह्रसिङ्गे सिँचाइ आयोजना स्वीस सरकार, तीन तहका सरकार र जनश्रमदानसहित रु २६ लाख ७० हजार लागतमा निर्माण सम्पन्न भएको वरिष्ठ प्राविधिक सुस्मिता लाप्चाले जानकारी दिइन् । यो सिँचाइ आयोजनाले यहाँका १०० रोपनी क्षेत्रमा सिँचाइ सुविधा पुग्ने जनाइएको छ ।
यसै वर्ष वडा नं ४ मा रु २७ लाख ८५ हजार लागतमा मामालुङ माथिल्लो कुलो, वडा नं ६ मा रु १४ लाख पाँच हजार लागतान कुताङ कुलो र वडा नं २ मा रु ९१ लाख १९ हजार लागतमा ज्यामिरे कुलो निर्माण सम्पन्न भएको उनले बताइन् ।
यहाँ प्रशस्त मात्रामा खेतीयोग्य जमिन भए पनि सिँचाइ अभावमा समस्या भएपछि सुक्खा ग्रस्त क्षेत्रमा सिँचाइ कुलो निर्माणको काम अघि बढाइएको अरुण गाउँपालिका अध्यक्ष शालिराम खत्रीले जानकारी दिए । सिँचाइ व्यवस्थासँगै किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न गाउँपालिकाले प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण