बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बार्सिलोनामा यामालसँग खेल्ने रासफोर्डको इच्छा

सोमबार, ०९ असार २०८२, ०८ : ०८
सोमबार, ०९ असार २०८२

सारांश

  • म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डले बार्सिलोनाका युवा खेलाडी लामिन यामालसँग खेल्ने इच्छा व्यक्त गरेका छन्।
  • रासफोर्डले स्पेनमा फिटनेस प्रशिक्षण गरिरहेका बेला यामालको प्रशंसा गर्दै उनको प्रदर्शनलाई असाधारण बताए।
  • १७ वर्षीय यामालले बार्सिलोना र स्पेनका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डले बार्सिलोनाका युवा सुपरस्टार लामिन यामालसँग खेल्ने इच्छा व्यक्त गरेका छन्।

२७ वर्षीय रासफोर्डले गएको सिजनको दोस्रो भाग एस्टन भिल्लामा ऋणमा बिताएका थिए। हाल उनी क्लबको प्रि-सिजन सुरु हुनुअघि स्पेनमा फिटनेस प्रशिक्षणमा छन्। 

युनाइटेडमा उनको भविष्यबारे अड्कलबाजी भइरहेका बेला उनले यो अभिव्यक्ति दिएका हुन्। स्पेनिस इन्फ्लुएन्सर खावी रुइजसँगको अन्तर्वार्तामा यामालसँग खेल्ने सम्भावनाबारे सोध्दा उनले भने, ‘हो, पक्कै पनि। सबै जना उत्कृष्ट खेलाडीहरूसँग खेल्न चाहन्छन्। आशा गरौँ... हेरौँ के हुन्छ।’

१७ वर्षीय लामिन यामालले बार्सिलोनालाई गत सिजन घरेलु डबल जिताउन र च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। यामालले स्पेनको युरो २०२४ जितमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

रासफोर्डले थप भने, ‘यामाल जे गर्दै छन्, त्यसलाई शब्दमा वर्णन गर्न गाह्रो छ। १६–१७ वर्षको उमेरमा त्यस्तो प्रदर्शन गर्नु असाधारण कुरा हो। हामीले यसअघि यस्तो कहिल्यै देखेका थिएनौँ। त्यो उमेरमा त्यो स्तरको मानसिकतासहित खेल्नु आफैँमा एक विशेष क्षमता हो।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप