फिल्म ‘हर्ष’ मङ्सिर १२ गतेबाट प्रदर्शनमा आउने
सोमबार, ०९ असार २०८२, १६ : ४८
सारांश
- निर्देशक एकता पौडेलको डेब्यु फिल्म 'हर्ष' मंसिर १२ गतेबाट प्रदर्शनमा आउने भएको छ। फिल्म स्वर्गीय निर्देशक शिव रेग्मीलाई समर्पित छ।
- न्युयोर्क फिल्म एकेडेमीबाट फिल्म निर्माणको अध्ययन गरेकी पौडेलले यसअघि केही छोटा सिनेमा बनाएकी छन्। फिल्मको छायांकन चितवनमा गरिएको छ।
- फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाहलगायत कलाकारको अभिनय रहेको छ। फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्।
काठमाडौँ । एकता पौडेलको निर्देशनमा डेब्यु चलचित्र ‘हर्ष’ मङ्सिर १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार निर्माण पक्षले चलचित्रको टाइटल भिडियो सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति जानकारी दिएको हो ।
चलचित्रको सम्पूर्ण छायाङ्कन चितवनमा नै गरिएको हो । चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन तथा संगीता नापितको अभिनय छ ।
चलचित्रका निर्माता प्रसन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । फिल्मको वितरण काफिया फिल्मस्ले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण