नेकोस कप महिला भलिबल : लिग चरणका खेल सकिए
हेटौँडा । हेटौँडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार लिग चरणका खेल सकिएसँगै अन्तिम चारमा दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबसँगै गण्डकी प्रदेश तथा न्यू डाइमण्ड युथ क्लब सेमिफाइनलमा पुगेका छन् ।
मंगलबार हुने सेमिफाइनल खेलमा नेपाल पुलिस र एपीएफ तथा गण्डकी र न्यू डाइमण्ड भिड्ने भएका छन् । समूह ‘क’ बाट नेपाल पुलिस विजेता र गण्डकी उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन्। त्यस्तै,समूह ‘ख’बाट न्यू डाइमण्ड युथ क्लब विजेता र एपीएफ उपविजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
आज सम्पन्न लिग चरणको अन्तिम खेलमा डाइमण्डले मधेस प्रदेशलाई सजिलै पराजित गर्दै समूह ‘ख’को शीर्ष स्थान हासिल गर्यो । डाइमण्डले मधेशलाई २५–६, २५–१८, २५–८ को सोझो सेटमा पराजित गरेको हो। मधेस प्रदेशले प्रतियोगितामा कुनै पनि खेल जित्न सकेन ।
यस्तै, नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१३, २५–११, २५–१९ को सोझो सेटमा पराजित गर्दै समूह ‘क’को शीर्ष स्थानमा नाम लेखाएको हो। अनुभवी तथा राष्ट्रिय खेलाडीले भरिएको पुलिसको टोली सामु गण्डकी कमजोर देखिएको थियो । गण्डकीले भने लिग चरणमा एक जित निकाल्दै उपविजेता बनेको हो ।
प्रतियोगितामा २ विभागीय टोलीसहित कुल ७ टिम सहभागी छन्। विजेता टिमले ५ लाख रुपैयाँ नगद, उपविजेताले ३ लाख, तेस्रो हुनेले १ लाख, र चौथो स्थान हासिल गर्ने टिमले ५१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
साथै, विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयाेजक नेपाल खेलकुद महासंघ समाजवादीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण